Thursday 18th of July 2024

सप्तरीमा करेन्ट लागेर ९ वर्षीय बालकको मृत्यु

0 Shares

राजविराज : सप्तरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्वर १० रंजितपुर का पवन यादवको ९ वर्षीय छोरा अर्जुन कुमार यादवको मंगलबार करेन्ट लागेर मृत्युृ भएको प्रहरीले जनाएको छ ।

आफ्नै गोठमा खेल्लने क्रममा भुईमा लत्रिएको विद्युतको नाङ्गो तारबाट करेन्ट करेन्ट लागेको हो ।

करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि कल्याणपुर ल्याउँदा गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लले बताए ।

प्रतिक्रिया