Monday 13th of January 2025

पेस्तोलसहित दुई युवक पक्राउ

0 Shares

वीरगञ्ज  : मेड इन युएस लेखेको एक थान पेस्तोल र सोमा लाग्ने म्यागजिनसहित मंगलबार दिउँसो दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पेस्तोलसहित प्रहरीले बारा सिम्रौनगढ नगरपालिका–४ गंगानगर बस्ने ३५ वर्षीय राजेश प्रसाद यादव र सोही स्थानका २० वर्षीय जितेन्द्र प्रसाद कुशवाहालाई पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्त प्रहरी टोलीले सिम्रौनगढ नगरपालिका–६ स्थित विधायक होटेलबाट दुबैजनालाई पेस्तोलसहित पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

उनीहरुको साथबाट मेड इन युएस नं. ७७७७० लेखेको म्यागजिनसहितको पेस्तोल र सोमा लाग्ने एक थान अतिरिक्त म्यागजिन बरामद गरिएको उनले बताए।

प्रतिक्रिया