Monday 13th of January 2025

भंगहा नगरपालिकाको सरकारी गाडीमा पार्टीको झण्डा प्रयोग नभएको : मेयर साह (हेर्नुस् भिडियो)

0 Shares

गौशाला : पार्टीको कार्यक्रममा आफनो पालिकाको सरकारी गाडी पार्टीको झण्डा सहित प्रयोग भएको समाचारप्रति भंगहा नगरपालिकाका प्रमुख संजिव कुमार साहले आपति जनाएका छन् ।

बुधबार लोकतान्त्रिक समाजावादी पार्टीका वरिष्ठ नेताहरु जनकपुर आएको समयमा आफ्नो पालिकाको सरकारी गाडीमा झण्डा प्रयोग भएको समाचारप्रति मेयर साहको ध्यानाकर्षण भएको छ । सोे क्रममा आफ्नो पालिकाको कुनै पनि गाडी प्रयोग नभएको र आफ्नो पालिकाको सरकारी गाडीमा कहिल्यै पनि पार्टीको झण्डा प्रयोग नगरेको उनले दावी गरेका छन् ।

विहीबार आफनो फेसवुक संजालमा मेयर साहले समाचार बनाउने क्रममा सत्यतथ्य बुझिलिनका लागि संचारकर्मीलाई आग्रह गरेका छन् । एक अर्को प्रसंगमा मेयर साहले सरकारी गाडी दुरुपयोग गरिने जो सुकैलाई कानुन अनुसारको कारवाही गरिनपर्नेमा जोड दिएका छन् ।

हेर्नुस् पुरा भिडियो…

प्रतिक्रिया