परमेश्वर साह
सरिता साह
बाबुलाल साह
जानकीशरण साह
जयनुल राइन
अलका झा
बबिता कुमारी
निलम देवी भुमिहारिन
रमेश प्रसाद कुर्मी
गौरीनारायण साह र प्रह्लाद गिरी
महोत्तरी/ प्रदेश नं. २ का प्रदेशसभाका साँसद तथा स्थानियतहका जनप्रतिनिधीलाई आफ्नापक्षमा राख्नका लागि जनकपुरधाममा अहिले केन्द्रियस्तरका नेताहरु आउने क्रम जारी रहेका छन् ।
जनप्रतिनिधिहरुलाई दल रोज्न निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको समयसीमा तोकिएपछि जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु अहिले जनकपुरतर्फ केन्द्रित भएका छन । उनीहरु आफ्नापक्षमा यहाँका जनप्रतिनिधीलाई पार्ने अभियानमा जुटेका छन । दुवैदलका शिर्ष नेताहरु अहिले कार्यकर्ता प्रशिक्षणको कार्यक्रमलाई तिब्रता दिईएको छ ।
जनकपुरधाममा केही दिनअघि जनता समाजवादी पार्टीका शिर्षतहका नेताहरुले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण गरेको थिए ।
ती जनप्रतिनिधीलाई आफ्नापक्षमा केन्द्रित गर्नका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आज जनकपुर आएका छन् ।
यता लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी लगायतका नेताहरु बुधवारदेखि नै जनकपुरमा रहेका छन् । २२ गतेसम्म थप सांसदहरु लोकतान्त्रिक समाजवादी पार्टीमा लाग्न सक्ने संकेत देखिएपछि अध्यक्ष उपेन्द्र यादव स्वयम आज जनकपुर आईपुगेका हुन् । प्रदेश सभामा जनता समाजवादी पार्टीका ५५ जना सांसद रहेकोमा अब सो संख्या ४४ मा झरेको छ । अझै केही सांसदहरु लोकतान्त्रिक समाजवादी पार्टीमा जाने सम्भावना देखिएको छ ।
बिहीबार तत्कालीन संघीय समाजवादी पार्टीको उम्मेदवार बन्दै पर्सा निर्वाचन क्षेत्र नम्बर ३(ख)बाट निर्वाचित प्रह्लाद गिरीले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका हुन । प्रदेश सभामा जसपाका ५५ मध्ये तत्कालीन संघीय समाजवादीका ३० र तत्कालीन राजपाबाट २५ जना सासद रहेका थिए ।
परमेश्वर साह
सरिता साह
बाबुलाल साह
जानकीशरण साह
जयनुल राइन
अलका झा
बबिता कुमारी
निलम देवी भुमिहारिन
रमेश प्रसाद कुर्मी
गौरीनारायण साह र प्रह्लाद गिरी
यसैवीच नेकपा एमालेका ११ जना प्रदेश २ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुर स्थित प्रदेश निर्वाचन कार्यालयमा बिहीबार दिउँसे १० जना भौतिक रुपमा र एकजनाले पत्र मार्फत सनाखत गरेका हुन् ।
प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादव छन् । पत्र मार्फत भने क्यान्सर पीडत भइ उपचारमा रहेका डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद सत्रुधन महतोले जानकारी दिए ।
एकीकृत समाजवादी पार्टीमा सनाखत गर्न सुन्दर बहादुर विश्वकर्मा र सीता गुरुंग छुटेका छन् । उनीहरु विशेष कामले काठमाडौं रहेकाले २ दिन भित्रै निर्वाचन कार्यालय पुगेर सनाखत गर्ने प्रदेश सांसद महतोले बताए ।
प्रदेश २ मा नेकपा एमालेका २१ सांसद छन् । एमाले प्रदेश २ संसदीय दलमा ओली पक्ष पहिलेदेखि नै कमजोर छन् ।