Thursday 18th of July 2024

महोत्तरीको सोनमा पोखरीमा बेपत्ता भएका पुरुषको शव भेटियो

0 Shares

बाबु प्रेम यदुवंशी, महोत्तरी । मलामीबाट फर्केर पोखरीमा नुहान पस्दा बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

महोत्तरीको सोनमा गाउँपालिका वडा नं. ७ स्थित जनता माबि बिधालय सुन्दरपुरको पोखरीमा डुबेर बेपत्ता भएका स्थानीय ५० वर्षीय उपेन्द्र बैठाको शव शुक्रबार बिहान फेला परेको हो ।

बैठा मलामीबाट फर्केपछि बिहीबार साँझ नुहाउने क्रममा पोखरीमा बेपत्ता भएका थिए ।

साँझदेखि नै स्थानीय र प्रहरीले खोजविन गर्दा शुक्रबार बिहान ७ बजे उनको शव फेला परेको हो ।

उनको शवलाई मुचुल्का गरी पोस्टमार्टमको लागि जलेश्वर अवस्पताल लग्ने तयारी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया