Thursday 18th of July 2024

बारामा बाघको आक्रमणबाट दुई जना घाइते

0 Shares

गौशाला : बाराको केल्हवीमा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा केल्हवी नगरपालिका-११ का ४९ वर्षीय हरिकिशुन पनुहर र ५० वर्षीय पाहुन चौधरी रहेको प्रहरीले जानकारी दिए ।

दाउरा लिन कोल्हवी निजगढ अन्तर्गत चारकोसे झाडीमा गएका बेला दुवै जनालाई पाटेबाघले आक्रमण गर्दा हात, घाँटी, जिउ, छातीलगायतमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

घाइते भएकाहरूको अवस्था अहिले सामान्य रहेको छ ।

प्रतिक्रिया