Saturday 20th of July 2024

सिरहाका एक युवकको घाँटी रेटेर हत्या

0 Shares

सिरहा : भारतको जयनगरमा सिरहाका एक युवकको ह-त्या भएको छ ।

सिरहाको गोलबाजर नगरपालिका ४ निपनियाँ बस्ने ४० वर्षीय दुखरण महराको ह-त्या भएको अवस्थामा शव फेला परेको हो ।

सिरहा स्थित दशगजासंगै जोडिएको भारत बिहार मधुवनी जिल्ला स्थित जयनगर बजार नजिक धारिलो ह-तियार प्रहार गरी घाँ-टी रे-टिएको र शरीरको विभिन्न भागमा गहिरो चोट-पटक लागेको अवस्थामा शुक्रबार शव फेला परेको हो ।

महरा बिहीबार नै घरबाट पैसा लिएर मोटरसाइकल किन्न निस्केका थिए ।

उनका जेठो छोरा विमल महराका अनुसार घरबाट निस्किनु अघि आमासंग विवाद भएको थियो ।

युवकको शव फेला परेपछि उनको डायरीमा लेखिएको नम्वरको आधारमा नेपाली भएको पहिचान भएको हो ।

त्यसपछि भारतीय प्रहरीले नेपाल प्रहरीसंग समन्वय गरी घ-टना विषयमा जानकारी गराएका हुन् ।

उनको शव पोस्टमार्टमको लागि जयनगरकै एक सरकारी अस्पतालमा राखिएको जनाइएको छ । महराको ह-त्या पश्चात घर शोकमा डुबेको छ ।

उनको परिवारमा श्रीमती, ३ छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया