Saturday 9th of November 2024

शैक्षिक गुणस्तर सुधार गर्न मानसिक परिवर्तन आवश्यक : मन्त्री साह ।।

0 Shares

गौशाला / शैक्षिक गुणस्तर सुधारको निम्ति हरेकलाई मानसिक परिवर्तन गर्नुपर्ने आवश्यक रहेको प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले बताउनुभएको छ । शनिवार अखिल नेपाल एकीकृत शिक्षक संगठन गौशाला नगर समितीले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रमकाबीच मन्त्री साहले सो कुरा बताउनुभएको हो ।

निजी तथा सामुदायिक विद्यालयको भौतिक पूर्वाधारदेखि लिएर जनशक्तिको सवालमा अनेकौ परिवर्तन रहेको समयमा मानसिकता परिवर्तनकै कारण यहाँका शैक्षिक सुधार हुन नसकेको मन्त्री साहले तर्क राख्नुभयो । यस परिवेशमा हामी सवैले अरुलाई दोष दिने वानीको अन्त्य गरि अपन्त्व मनन हुने किसिमको हरेकले सामुदायिक विद्यालयको वातावरण निर्माण हुने किसिमको भुमिकामा आउनका लागि शैक्षिक सरोकार राख्ने सवैमा आग्रह गर्नुभएको छ ।

मन्त्री साहले प्रदेशभरिमै रहेको शैक्षिक समस्याको सवालमा चाँडै नै प्रदेश सरकारको समाजिक मन्त्रालयसँग छलफल गर्र्दै समन्वयात्मक भुमिका निर्वाह गरिने धारणा राख्नुभयो । आफुले सकभर शिक्षा जगतलाई चुस्त एवम् दुरुस्त बनाउनको लागि छलफलको माध्यमले समस्या समाधान हुने किसिमको भुमिकामा प्रस्तुत हुने मन्त्री साहको भनाई रहेको छ ।

शिक्षकको पीडा र गुमाएको सम्मान फर्काउने किसिमको भुमिकामा सवैलाई प्रस्तुत हुने बातावरण निर्माण गरिदिनका लागि सरोकारवाला निकायलाई संगठनका जिल्ला अध्यक्ष रामउमेश यादवले आग्रह गर्नुभएको छ । नगरपालिकाले भर्ना गर्ने शिक्षकले केहीमात्रामा यहाँका सामुदायिक शिक्षालयमा राहत पुग्ने अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले प्रदेश सरकारले पनि दरवन्दी कायम गरि विद्यालयमा दरवन्दी अनुसारको शिक्षक पुर्ति गर्नका लागि प्रदेश सरकारका मन्त्री साहलाई आग्रह गर्नुभएको थियो ।

अध्यक्ष यादवले सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई विद्यालय संचालनको क्रममा थप प्रशासनिक अधिकार दिनुपर्ने आवश्यकता उपर जोड दिनुभयो । सोहीविच संगठनका नगरका कार्यवाहक अध्यक्ष महाविर सिंह कुशवाहाले यहाँका शिक्षालयमा अनेकौ वेथितीहरु रहेकोले सोलाई अनुगमनको माध्यमले यथासिघ्र अन्त्य गर्नका लागि सरोकारवाला निकायसमक्ष आग्रह गर्नुभएको थियो ।

सोहीवीच नगरका विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा सम्बन्धित सरोकारवाला व्यक्तिहरु नगरभरिमा रहेको शैक्षिक वेथितीको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।

 

 

प्रतिक्रिया