महोत्तरीमा रथले किच्दा एक बालिकाको मृत्यु

गौशाला : महोत्तरीकाे अाैरहीमा रथले किचेर  १८ महिने बालिकाको ज्यान गएको छ ।

औहरी नगरपालिका ५ श्रीपुरमा आमासंगै पुगेकी गौशाला नगरपालिका फुल्काहा बस्ने कमलेश यादवकी १८ महिनो छोरी प्रियंका कुमारी यादवको रथले किचेर मृत्यु भएको हो ।

सोमबार साँझ करिब साढे ७ बजेको समयमा रोकिराखेको रथ अचानक गुडेर बालिकाको घटनास्थलमै मृत्यर भएको ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले जनाएको छ ।

घटना विषयमा इलाका प्रहरी कार्यालयको टोलि पुगेर अनुसन्धन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार