प्रदेश २: बसकाे ठक्करबाट प्रहरी हबल्दार घाईते

सर्लाही । सर्लाहीको नवलपुरबाट काठमाडौं जाँदै गरेको रात्रीबसको ठक्करबाट एकजना प्रहरी हबल्दार गम्भिर घाईते भएका छन् ।

सोमबार (आज) राती ८.बजे हरिवनबाट मोटरसाईकलमा हरिपुरतर्फ जाँदै गरेका ईलाका प्रहरी कार्यालय हरिपुरमा कार्यरत प्रहरी हबल्दार सुवोध कुमार सिंहलाई रात्रीबसले ठक्कर दिएको हो ।

मलंगवाबाट काठमाडौं जाँदै गरेको बा. ४ ख २७२९ नम्बरको रात्रीबसले हरिवनबाट हरिपुरतर्फ ना. ३१ प ६८९९ नम्बरको मोटरसाईकलमा जाँदै गरेका प्रहरी हबल्दा सिंहलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूलदेखि केही पूर्व ठक्कर दिएको हो ।

ठक्करबाट गम्भिर घाईते सिंहलाई स्थानीय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात थप उपचारका लागि वीरगंज स्थित वयोदा अस्पतालतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार