जनकपुरधाम : प्रयोगविहीन रहेको पावर हाउस र छापाखानालाई सञ्चालनमा ल्याउन प्रदेश २ सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पहल गरेका छन् । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को प्रयोगविहीन रहेको पावर हाउस र छापाखाना केही दिन अघि मन्त्री साहले प्राविधिक मन्त्रालयका कर्मचारीलाई लिएर पावर हाउस र छापाखानाको निरीक्षण गरेका थिए ।
प्राविधिकहरूले सामान्य मर्मत सम्भार गरेको खण्डमा चलाउन सक्ने भनेपछि मन्त्रालय त्यस तर्फ अगाडी बढेको छ । बिजुली बत्ती गएको वेलामा काम प्रभावित हुने भएकोले प्रदेश सरकारले पावर हाउस लिन लागेको मन्त्री साहले बताए।
जचुकालिको रंगिङ छापाखाना लामो समयदेखि प्रयोग विहीन रहेकोले सञ्चालनको लागि दिन सङ्घीय सरकारसँग आग्रह गरेको मन्त्री साहले बताए । मन्त्री साहका अनुसार पावर हाउस र छापाखाना लिनको लागि प्रदेश सरकारले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सङ्घको उद्योग मन्त्रालय र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा समेत पत्राचार गरिसकेको छ ।
प्रदेश सरकारको आफ्ना छापाखाना नहुँदा बर्सेनि करोडौँ रुपैयाँ छपाइमा खर्च गर्दै आएकोमा अव आफ्नो छापाखाना भएको खण्डमा प्रदेश सरकारको खर्च कटौती हुने मन्त्री साहले जानकारी दिए। चालु आर्थिक वर्षमा प्रदेश सरकारले छापाखानाको लागि बजेट पनि छुट्टाएको छ, मन्त्री साहले भने, तर हाम्रो पहिलो प्राथमिकता जचुकालिको छापाखाना सञ्चालन हो । त्यो सञ्चालन गर्न नसकेको खण्डमा प्रदेश सरकारले आफ्नै नयाँ छापाखाना खरिद गर्न पर्दैन।