Saturday 20th of July 2024

जनकपुरमा मोटरसाइकलको ठक्करबाट गाई मृत्यु

0 Shares

जनकपुरधाम : जनकपुर उपमहानगरपालिका कार्यालयको अगाडीमा मोटरसाइकलको ठक्करबाट एक गाई मरेको छ ।

मंगलबार राति करब ९ बजे जनकपुरको भानुचोक र शिवचोकको बिचमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयको अगाडी मोटरसाइकलको ठक्करबाट गाई मरेको हो ।

धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरका १८ वर्षीय इस्तियाक राईन र दिपेश यादव सबार मोटरसाइकलले शिवचोकबाट भानुचोक तर्फ जाने क्रममा गाईलाई ठक्कर दिएको हो ।

ठक्कर पश्चात् गाईको घटनास्थलमै मरेको स्थानीयले बताएका छन् । दुबै युवकलाई समातेर रेल्वे स्टेसन प्रहरीचोकीमा राखेको जनाएको छ ।

प्रतिक्रिया