Thursday 18th of July 2024

सवारी साधन जताततै पाकिङ्ग गर्नाले गौशाला नगरपालिका कुरुप बन्दै, ट्राफिक प्रहरी मुखदर्शी

0 Shares

गौशाला : महोत्तरीको गौशाला नगरपालिकामा ट्राफिक प्रहरी भएर पनि ट्राफिक प्रहरी नभएको गौशालावासीले महशुस गरेको अवस्था छ ।

महोत्तरीको गौशाला बजारक्षेत्रमा बाटो अवरुद्ध गरी जथाभावी पार्किङ गर्दा बजारका अधिकांशबाटोमा जाम लाग्ने गरेको छ भने गौशालामा रहेको ट्राफिक प्रहरी भने माइस्थानको जङगलमा, वडा नं. २ मा पर्ने रेडक्रस टोल भन्दा २०० मी. अगाडी बसी असुली धन्दा बेस्त रहेका छन ।

बजारमा ३ जना विना हेलीमेट नलगाई चढी आवश्यक भन्दा तेब्बर स्पिडले मोटरसाईल हाके पनि वा १२ बर्षका वालवालिका बजार क्षेत्रमा मोटरसाइकल हाके पनि ट्राफिक प्रहरी भन्ने मुखदर्शी बनेको छ । सडकको अवस्था निकै नै कमजोर, हिलोमय तथा धुलोमय भए पनि दिनहु ठुलो घटना नघटे पनि सानोतिनो घटना ले सर्वसाधारण आजित बनेको छ । मुख्य सडकमा जथाभावी पाकिङ्गको अभावले र फितल्लो ट्राफिक व्यवस्थापनको कारण दैनिक कार्यालयको समयमा सडक क्षेत्रमा अव्यवस्थित गाडीहरुको लोमो लर्को लाइन देखिए पनि कहीकतै ट्राफिक प्रहरी देखिदैन । टिफरले गर्दा बजारका अधिकाश सडक भन्ने जिर्ण अवस्था भए पनि गौशाला नगरपालिकाले त्यसको विकल्प खोज्न सकेको छैन ।

सोमबार र विहिबार हटिया बजारलाग्ने भए पनि बजार क्षेत्रमा ट्राफिकको हेरचार नभए पछि सानो तिनो गाडीहरु जथाभावी पाकिङ्ग गरी बाटो अवरुद्ध बनाए पछि सर्वसाधारणलाई हिडन पनि सास्ती भएको स्थानीय श्यामकिशोर साह बताउँछन । नो पार्किङ का ठाउँमा पनि ट्राफिक नियमको धज्जी उडाउँदै रिक्सा, मोटरसाईकल, भ्यानलगायतका सवारी साधन जताततै पाकिङ्ग गर्नाले समेत दुर्घटना निम्त्याउने गरेको छ । व्यवस्थित पाकिङको सुविधा नहुदा जथाभावी सवारीसाधनको पार्किङले व्यापारिक रुपमा चिनिने गौशाला नगरपालिका कुरुप बन्दै गएको स्थानीय बताउँछन ।

गौशाला नगरपालिका बजारक्षेत्र अस्तव्यस्त भए पनि महोत्तरी ट्राफिक प्रहरी हाइवेमा केन्द्रित भएका छन् । राजश्व बढाउने होडमा ट्राफिक प्रहरीले बजार क्षेत्रमा सर्वसाधारणले खेप्नु परेको सास्तीलाई बेवास्ता गर्दै हाइवे क्षेत्रमा चेकिङ बढाएका छन् । हाइवेमा कडा चेकिङको बाबजुद दुर्घटनामा भन्ने सुधार नभएको स्थानीयहरुको भनाई छ । गत आ०ब० ०७७÷०७८ मा २२८ जना सवारी दुर्घटनामा परी घाईते भएका छन भने १७ जनाले ज्यान नै गुमाएको भए पनि ट्राफिक प्रहरीको तर्फबाट कुनै ठोस कदम उठाउनुको सट्टा ठाउँ ठाउँमा बाटो अवरुद्ध गरी राजस्व उठाउनमा नै व्यस्त रहेको स्थानीयहरुको भनाई रहेको छ ।

गरीब र असहायहरुले आफ्नो दैनिक जीवनपार्जनको लागी गौशाला बजारबाट तरकारी बोकेर गईरहेको मोटरसाईकल सवारसंग लाईसेन्स,ब्लुबुक र अरु कागजपत्र दुरुस्त भए पनि दश रुपैया देखी ५०० रुपैयासम्म जबरजस्ती पैसा असुल्ने कार्यमा सम्लग्न छन यँहाका ट्राफिक प्रहरी ! गौशालाबाट तरकारी लगेको भन्दै गौशालादेखी भारतको सिमासम्ममा एक व्यापारीले दैनिकी ५०० रुपैयासम्म खर्चेर भारतको सिमासम्म पु¥याउन खर्च हुने गरेको एक व्यापारी नाम नखुलाउन अनुरोध गर्दै रुपान्तर मीडियाका संचारकर्मीलाई बताए । ट्राफिक प्रहरीले चेकजाचको नाममा व्यापाक रकम असुल गरीरहे पनि माइस्थानबाट सम्सीसम्म लगभग दिनहु दुर्घटना हुने गरेको सबैमा सर्वादित नै छ ।

यता चुनाव जितेपछि गाउँपालिका तथा नगरपालिकाबाट कार्यालयको कामकाजको प्रयोजनकालागी दिइएको सरकारी नम्बर प्लेटका मोटरसाइकल महोत्तरीको धेरै जसो वडा अध्यक्षले आफ्ना नजिकको नातागोतामा पर्ने व्यक्तिहरुलाई चलाउन दिने गरेकाछन् । एउटा जिम्मेवार पदमा रहेर देश र जनताकोलागि काम गर्ने जनप्रतिनिधी तथा राष्ट्र सेवक कर्मचारी र तिनका नजिकका नातेदारले नै ट्राफिक नियमको धज्जी उडाएको पाइएको छ । समाजको नेतृत्व गर्ने स्थानीय सरकार प्रमुखका आफन्तहरु उनीहरुको पदको रोब देखाउनकै लागि पनि ट्राफिक नियमको उल्लंघन गरेर सवारीसाधन चलाएको पाइएको छ ।

यसरी चलाउन भनि दिएको सरकारी मोटरसाइकल कार्यालयको काममा प्रयोग हुनुको साटो ब्यक्तिगत काममा प्रयोग हुने गरेको छ । ति मोटरसाइकलहरु घर खेतको कामदेखि जन्ती जान र नेपालबाट भारत र भारतबाट नेपालमा सामानहरु ओसारपसारको काममा प्रयोग भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

प्रतिक्रिया