Thursday 18th of July 2024

प्रभात फेरी कार्यक्रम

0 Shares

महोत्तरी / अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दवसको अवसरमा महोत्तरी जिल्लाको मटिहानीमा आज प्रभात फेरी कार्यक्रमको आयोजना गर्यो ।

मटिहानी नगरपालिकाको शिक्षा, यूवा तथा खेलकुद शाखाको आयोजनामा सन्देशमूलक नारा सहित निस्केको रयालीले मटिहानीको विभिन्न भागको परिक्रमा गरेका थिए ।रयालीमा मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डल सहित शिक्षक शिक्षिका र छात्र-छात्राहरु सहभागी रहेको थिए ।

यसैवीच साक्षरता दवसकै अवसरमा हाजरीजवाफ प्रतियोगिताको आयोजना गर्यो ।सो प्रतियोगितामा प्रथम हुने राजकीय संस्कृत मा.वि. मटिहानी, द्वितीय श्री राम मा.वि. मटिहानी र तृतीय श्री लक्ष्मीनारायण मा.वि. सिमरदहीका छात्र-छात्राहरुलाई मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले पुरस्कार वितरण गर्नु भयो ।

श्री राम मा.वि. का प्र.अ. अजय पाण्डेयको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षा संयोजक चन्देश्वर साह, नाथेश्वर साह, राम एकवाल पुर्वे र लक्ष्मण अधिकारी लगायतका बक्ताहरुले शिक्षा वारे प्रकाश पार्नु भयो ।

कार्यक्रममा सेवानिब्रित राम मा.वि.का शिक्षक राम एकवाल पुर्वेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया