Saturday 20th of July 2024

गौशालामा मोटरसाईकल दुर्घटना, एक जना घाईते

0 Shares

गौशाला : महोत्तरीको गौशालामा मोटरसाईकल दुर्घटना हुदा एक जना घाईते भएको छ ।

बुधबार राती बर्दिबासबाट सोनमा तर्फ जादै गरेको प्रदेश २ –०२–००२प ८२७८ नम्बरको मोटरसाईकल गौशाला नगरपालिका –४ मल्हनियाँ पोखरी नजिक आफै अनियन्त्रीत भई दुर्घटना हुँदा सोनमा गाँउँपालिका – १ बस्ने वर्ष ३० को कमलेश भण्डारीको निधार र दुबै हातमा चोट लागि घाईते भएको हो ।

घाईते भण्डारीको उपचार गौशाला स्थित बि.के हेल्थ केयर हस्पिटलमा भईरहेको ईलाका प्रहरी कार्यलय गौशालाका प्रहरी निरीक्षक विणु प्रदिप बस्यालले जनाएको छ ।

प्रतिक्रिया