Friday 20th of September 2024

महोत्तरीको बिजलपुरा स्वास्थ्य चौकीका ईन्चार्ज कार्यालय समयमा आफनै क्लिनिकमा व्यस्त

0 Shares

बर्दिबास : महोत्तरीको वर्दिवास नगरपालिका- १३ विजलपुरा स्वास्थ्य चौकीका ईन्चार्ज व्यक्तिगत कार्य प्रायोजनमा व्यस्त रहेको खुलासा भएको छ । सो स्वास्थ्य चौकीका ईन्चार्ज उदय यादवले कार्यालय समयभित्र प्रायः आफनै निजी कार्यमा व्यस्त रहेको पाईएको छ ।

स्वास्थ्य चौकीको छेउमा संचालित आफनै ओम अमृता प्राथमिक उपचार केन्द्रमा अधिकांश समय विताउँदै आएको पाईएको छ । स्वास्थ्य चौकीमा समय नदिई निजी क्लिनिकमा वढि समय दिएको कारण स्वास्थ्य चौकीलाई व्यवस्थित गर्न सकेको छैन । अस्पताल व्यवस्थित हुन नसकेको कारण उपचारको लागि आउने सेवाग्राहीहरुलाई प्रतीक्षा गर्नुको विकल्प नरहेको स्थानिय प्रदीप कुमार महतोले बताए । उनले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा भने–‘२ बर्ष अगाडि यहाँबाट सरुवा भएका ईन्चार्ज अशोक महतोको नेम प्लेट कार्यालयबाट अझ हटाउन सकेको छैन । यस सम्बन्धमा ईन्चार्ज उदय यादवले आफु हरेक दिन कार्यालयमा बस्दै आएको दावी गरे ।

स्वास्थ्य चौकीमा अहिले सिटामोल, जीवनजल लगायतका सधारण औषधिहरु स्वास्थ्य चौकीमा मौज्दात नरहेको यादवले बताए । यता वर्दिवास नगरपालिकाभित्र रहेका कुनै पनि स्वास्थ्य चौकीमा आवश्यक औषधीहरुको कमी नरहेको नगर स्वास्थ्य संयोजक सुरेन्द्र कुमार चौधरीले बताए ।

सो स्वास्थ्य चौकीमा औषधी अभावको विषयमा कुनै किसिमको जानकारी नगराएको संयोजक चौधरीले जानकारी गराए । यस विषयमा वडाअध्यक्ष श्याम प्रसाद राउतले स्वास्थ्य चौकी व्यवस्थापनको निम्ति आफुले गरेको प्रयास असफल रहेको तर्क राखेका छन ।

शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथामिकताका राखि विकास योजनाको कार्यक्रमहरु ऋगाडि बढाउने प्रयास गरेको वडाअध्यक्ष राउतले धारणा राखे ।

 

प्रतिक्रिया