Thursday 18th of July 2024

धनुषामा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

0 Shares

जनकपुरधाम : धनुषामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।  धनुषा विदेह नगरपालिका-६ एकराहीमा बिहीबार राति ११ः३० बजे  मोटरसाइकलको ठक्करबाट ४० वर्षीया दलितिया देवी महराको मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार राति ज.७.प. ९८१२ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी महरालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति १ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक हँसपुर-८ का चन्दे साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया