Thursday 18th of July 2024

सिरहाबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन युवक पक्राउ

0 Shares

सिरहा  : नक्कली नेपाली नोट छाप्ने मेसिनसहित सिरहाबाट तीन युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका वडा नं. १२ बस्ने २५ वर्षीय धिरज यादब, संजय राय र कल्याणपुर नगरपालिका वडा नं.७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक छन् ।

गोप्य सूचनाको आधारमा गोलबजार नगरपालिका ६ स्थित विरेन्द्र महतोको घर खानतलासी गर्दा ६ लाख ८४ हजार नक्कल नेपाली नोट, नोट छाप्ने मेशिन, एकथान ल्यापटप र मोटरसाइकलसमेत उनीहरुको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

तीनैजनालाई कानूनी प्रक्रिया पुरा गर्न र थप अनुसन्धानका लागि घटना स्थल नजिकै रहेको ईलाका प्रहरी कार्यालयबाट नेपाल प्रहरीको टोलीलाई बुझाएको हो ।

प्रतिक्रिया