Saturday 20th of July 2024

लालबन्दीबाट १३ जना जुवाडे पक्राउ

0 Shares

लालबन्दी : सर्लाहीको लालबन्दीबाट १३ जना जुवाडे पक्राउ गरेको छ ।

सोमबार दिउँसो लालबन्दीको तरकारी बजारबाट भित्रपट्टी जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

दिउँसो ४ बजेतिर प्रहरी टोलीले छापा हान्दा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जुवातास नियन्त्रण ऐन अन्तर्गत कार्बाही गर्ने तयारी भईरहेको प्रनाउ कुँवरले जानकारी दिए । पक्राउ पर्नेमा लालबन्दीका कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष सहित अन्य व्यापारीहरु रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया