Thursday 18th of July 2024

गौैशाला बजारमा तरकारीको भाउ हृातै बढयो, हरेक तरकारीमा दुई सय प्रतिशतसम्म मुल्यबृद्धि

0 Shares

गौशाला : महोत्तरी जिल्लाको गौशाला नगरपाकिलामा केहि दिन पहिले अबिरल वर्षाले क्षति पुर्‍याएको बहानामा तरकारीको मूल्य आफुखुशी बढाएका छन ।

एक त पहिला देखी नै भारतबाट आएका व्यापारीले महगो दाममा तरकारी खरीद विक्रिगरि लैजादा उपभोक्ताहरु मारमा परेका छन् । र दैनिकी छिमेकी राष्ट्र भारतबाट आएका कम से कम २०० व्यापारीले दैनिकी आफ्नो साधनले भ्यासम्म तरकारी खरीद गरी लैजादा यहाँका स्थानीय तथा दैनिकी मजदुरी गरी खानेलाई मूल्य अस्वाभिवक रुपमा बृद्धि भएपछि भान्सा चलाउन निकै कठिन हुँदै गएको रामचन्द्र सदाले बताए ।

दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले बृद्धि हुँदा पनि सम्बन्धित निकायको ध्यान नजानु दुःखको विषय रहेको स्थानीय देवचन्द्र साहले बताएको छ । केहि साता अघि हरियो तरकारीको मूल्य ३० देखी ४० रुपैया पर्ने तरकारी अहिले भने मूल्यबृद्धि भएर दोब्बर प्रति के।जी।२०० सम्म पुगेको छ ।

हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १०० देखी २०० रुपैयासम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन । हाल परबल १३० प्रति के.जी, गोलभेडा १२०प्रति के.जी, काउली २०० प्रति के.जी,फर्सि ८० प्रति के.जी, बन्दा कोभी ६० प्रति के.जी,प्याज ६० प्रति के.जी, घिरौला ६० प्रति के.जी, च्याउ २०० प्रति के.जी, हरियो फर्सीको साग २०० प्रति के.जी, बोरी १२० प्रति के.जी, करैला २०० प्रति के.जी रहेको छ । पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ ।

बोरी, लौका, करेला, परबल,धिरौला, झिमनी, हरियोफर्सी, गोलभेडा लगायतका मौसमी तरकारीको मुल्य आकासिएको छ । गत आर्थिक वर्ष हरियो खुर्सानीको मूल्य प्रतिकेजी ६० देखी ८० रुपैया थियो भने चालु आर्थिक वर्ष २०० रुपैयासम्म पुगेको उपभोक्ता शिवचन्द्र महतोले बताएका छन ।

प्रतिक्रिया