Monday 13th of January 2025

निर्धक्क भई कार्यसम्पादन गर्न रुपान्तरणकर्मीलाई आग्रह, गौशाला नगरपत्रकार संजालले जनाएका आपति ।।

0 Shares

गौशाला / रेडियो रुपान्तरण गौशालाले निर्धक्क भई कार्यसम्पादन गर्नका लागि आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई आग्रह गरेका छन । रेडियोका स्टेशन म्यानेजर सुनिता महतोले शनिवार सम्पूर्ण कर्मचारीहरुलाई नियमित रुपमा अनुशासित, निडर एवम निर्धक्क भई कार्यसम्पादन गर्नका लागि आग्रह गरेकी हुन् ।

सर्लाहीका एजेन्ट कुन्दन मिश्रा (राजन)ले यस रेडियोका अध्यक्ष नागेन्द्र साहलाई फोनमार्फत धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएपछि सवै कर्मचारीलाई महतोले सो आग्रह गरेकी हुन् । रेडियोमार्फत समाजिकस्तरबाट आवाज बुलन्द गर्ने क्रममा यस्ता घटनाहरु समान्यरुपमा आउने भएकोले यसप्रति ध्यान नदिई कार्यसम्पादन नियमित रुपमा गर्नुपर्नेमा महतोले जोड दिईन् ।

नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी उपाध्यक्ष समेत रहेकी महतोले समाजका यस्ता आवाज दवाउनेहरुको बारेमा अझ तथ्य पता लगाएर समाचार सम्प्रेषण गर्नुपर्नेमा यहाँका सम्पूर्ण संचारकर्मीमा आग्रह गरेकी हुन । पछिल्लो समयमा आएर प्रदेश नं. २ का संचारकर्मीहरुमाथि क्रमिक रुपमा यस्ता धाकधम्की आईरहेका छन् ।

No description available.

यता, गौशाला नगर पत्रकार संजालले पत्रकारलाई समाचार लेखेकै भरमा ज्यानमार्ने धम्की दिएकोप्रति आपति जनाएको छ । संजालका सह सचिव राजेश कुमार सिंहले जारी गरेको सो प्रेस विज्ञप्तिमार्फत स्वतन्त्र रुपमा कार्य गर्ने पत्रकारलाई धम्की दिने एजेन्टलाई कानुनअनुसारको कारवाही गर्नका लागि प्रहरी प्रशासनसमक्ष आग्रह गरेको छ ।

सह सचिव सिंहद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा पत्रकारलाई सहज एवम् सरल रुपमा काम गर्ने वातावरण सिर्जना गर्नका लागि सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन ।

सम्बन्धित न्युज

रेडियो रुपान्तरणका अध्यक्ष एवम् पत्रकार साहलाई ज्यान मार्ने धम्की । (धम्की दएको कल रेकर्ड सहित)

 

महोत्तरीमा विदेश उडाई दिन्छु भनेर चौधलाख तिस हजार रुपैया लिई एजेन्ट फरार

 

 

 

 

प्रतिक्रिया