Saturday 20th of July 2024

प्रदेश २ : प्रहरीलाई झुक्याएर थुनुवा फरार

0 Shares

वीरगञ्ज :  लागुऔषध मुद्दामा पक्राउ परि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका चितवनको भरतपुर महानगरपालिका ३ बस्ने १४ वर्षीय विक्की सोनार फरार भएका छन् ।

उनलाई प्रहरीले गएको भदौ १६ गते भारतको रक्सौलबाट फर्किँदै गर्दा वीरगन्जको इनर्वा नाकाबाट लागूऔषधसहित पक्राउ गरेको थियो ।

सोनारको साथबाट नुर्फिन ७ , डाइजेपाम ७ र फेनारगन ७ गरि २१ एम्पुलसहितको लागूऔषध प्रहरीले बरामद गरेको थियो ।

अचानक रगत वान्ता गरेपछि भदौ २२ गते उपचारको लागि नारायणी अस्पताल भर्ना गरिएका सोनार आइतबार बिहान ८ बजे फरार भएको पर्साका प्रहरी उपरीक्षक बलबहादुर पाण्डेले जानकारी दिए ।

उनले प्रहरी हबल्दारलाई बिहान झुक्याएर सोनार भागेको र खोजविन भइरहेको बताए ।

सोनार भाग्नुमा प्रहरी हबल्दारको लापरबाही देखिएकाले विभागीय कारबाही गरिने उनको भनाइ छ ।

प्रतिक्रिया