समाजिक उत्पिडनमा परेकालाई रुपान्तरण गर्नुपर्ने आवश्यक : मुख्यमन्त्री राउत ।।

महोत्तरी । समाजिक उत्पिडनमा परेकालाई रुपान्तरण गर्नुपर्ने आवश्यक रहेको प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले बताउनुभएको छ । मंगलवार तेस्रो वर्दिवास महोत्सवलाई समुदघाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले रुपान्तरणको पथमा समाजलाई परिवर्तन गर्नुपर्ने आवश्यक भएकोले उत्पिडनमा परेको आवाजलाई बुलन्द गर्ने किसिमको कार्यको थालिनी गर्नुपर्नेमा जोड दिनुभएको हो ।


हिमाल, पहाड तराई कोही छैन पराई, एक आपसी सद्भावको पहिचान बर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान भन्ने मूल नाराकासाथ तेश्रो बर्दिवास महोत्सव मंगलबार सुरु भएको हो ।
महोत्तरीको औद्योगिक, कृषि, पर्यटन, कला, संस्कृति तथा व्यापार प्रवर्द्धनका गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । महोत्सव चैत्र ८ गतेसम्म चल्ने बर्दिवास उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार