Thursday 18th of July 2024

५ लाख अवैध रकमसहित एक जना पक्राउ

0 Shares

वीरगञ्ज : वीरगञ्जबाट ५ लाख अवैध रकमसहित १ जनालाई पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचाय गेटमा खटिएको नियमित चेकिङ्ग टोलीले ना. २५ प ८७६२ नम्बरको मोटरसाइकल रोकि जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली ५ लाख रुपैयाँ फेला परेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय महमद आसिफ अन्सारी रहेका छन् ।

हेल्मेटभित्र लुकाएर ल्याउँदै गरेको रकमसहित अन्सारीविरुद्ध बैंक तथा वित्तीय सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान थालिएको प्रवक्ता खनालले बताए ।

प्रतिक्रिया