वस्ती छेउमै क्रसर उद्योग संचालनमा आउन थालेपछि महोत्तरीका महिलाहरुले गरे उदघाटन कार्यक्रम अवरोध ।।

गौशाला । वस्तीकै छेउमै वालुवा गिट्टी क्रसर उद्योग संचालनमा आउने सुईको पाएपछि महोत्तरीको वर्दिवास नगरपालिका ६ किसाननगरका महिलाहरुले उदघाटन कार्यक्रम विथोलेका छन । गाँउकै वीचमा क्रसर उद्योग संचालनमा ल्याउन लागेको खवर पाएपछि स्थानिय महिलाहरुले मंगलवार विरोध जनाएका हुन । स्थानियहरुले सो स्थानमा क्रसर उद्योग बन्दको माग गर्दै ईलाका प्रशासन कार्यालय वर्दिवासमा ज्ञापनपत्र समेत बुझाएका हुन ।

स्थानिय रिता भटराईले पत्रकारसँग कुराकानीको क्रममा मानवजीवनको लागि प्रत्यक्ष रुपमा स्वास्थ्यमा असर पुग्ने किसिमले गाँउमै क्रसर उद्योगको उदघाटन गर्ने सुरसार गरेपछि आफुहरु विरोध गरेको बताईन ।

राज्यको फितलो कानुन र सरोकारवाला निकायले ठोस कदम नउठाउदा पछिल्लो समयमा आएर क्रसरको कारण अनेकौ घटनाहरु घटेको शिलादेवी ठाकुरले बताईन । जनकपुर घर भएका प्रमोद साह र विटु साहले वस्तीकै वीचमा क्रसर उद्योगको उदघाटन गर्ने सुईको थाहा पाएपछि महिलाहरु विरोधमा उत्रेको ठाकुरले जानकारी दिईन ।

यस सम्बन्धमा वडाअध्यक्ष पदम वहादुर आलेले कार्यपालिकाको निर्णय अनुसार नै सो क्रसर उद्योगलाई ठाँउसारीको लागि अनुमति दिएको हो । यसभन्दा अगाडि आर्मी क्याम्प भएको ठाँउमा संचालित क्रसर संचालनका लागि कार्यपालिकाको निर्णय गरिएको वडाअध्यक्ष आलेले जानकारी दिनुभयो ।

आफुले यससम्बन्धमा शनिवार सर्वपक्षीय वैठक बसि निष्कर्ष निकाल्ने वडाअध्यक्ष आलेले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार