Sunday 9th of February 2025

फरार बालक पक्राउ, हवल्दारलाई कारबाही

0 Shares

पर्सा : लागुऔषध कारोबारको आरोपमा पक्राउ परि अस्पताल भर्ना रहेका बालक फरार भएकोमा पुन: पक्राउ परेका छन्। अनुसन्धानको क्रममा बिरामी देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

तर, ती बालक भने शौचालयबाट भागेका थिए। भदौ १६ गते लागुऔषधसहित पक्राउ परेका चितवनको भरतपुर महानगरपालिका-३ का १४ वर्षीय बालक अनुसन्धानको क्रममा बिरामी भएर भदौ २२ गते उपचारको लागि वीरगन्‍जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

प्रहरीकै सुरक्षामा उपचार गराइरहेका ती बालकलाई आइतबार बिहान शौचालय लगिँदा त्यहीबाट फरार भएका थिए। फरार बालक भारततर्फ जाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खोजीमा खटिएका प्रहरी टोलीले सोमबार दिउँसो शंकराचार्य गेटबाट पक्राउ परेका हुन्।

बालकको साथबाट डाईजापाम, फेनारगन र नुर्फिन ७/७ एम्पुल गरी २१ एम्पुल बरामद भएको थियो। थुनुवा कुरुवा डयुटिमा खटिएका प्रहरी हवलदार सुरेश कुमार कुशवाहालाई सार्वजनिक न्यायविरुद्धको कसूरमा म्याद थप गरी अनुसन्धान तथा आवश्यक कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

प्रतिक्रिया