Saturday 20th of July 2024

विमानस्थलबाट ३ किलो बढी सुनका गहनासहित २ जना पक्राउ

0 Shares

काठमाडौं :  ३ किलो भन्दा बढीको सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन्। श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका २ जनालाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कैलालीको बर्दगोरिया गाउँपालिका–१ घर भएका ३० वर्षीय बोधराज भण्डारी र धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२ घर भएका ४७ वर्षीय मुरारी राज अधिकारी छन्।

आन्तरिक टर्मिनलको ह्याण्ड ब्यागेज चेकिङ एरियाको एक्सरे मेसिनमा चेकजाँच गर्ने क्रममा उनीहरुले बोकेको लगेजमा शंकास्पद बस्तु रहेको संकेत मिलेको थियो।

लगेज खोलेर हेर्दा ३ किलो ३६० ग्राम तौल भएको सुनका गरगहनाहरु फेला परेको प्रहरीको विमानस्थल सुरक्षा कार्यालयले जानकारी दिएको छ। उनीहरुबाट बरामद भएको सुनको बजार मूल्य २ करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ हुन आउने प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजश्‍व अनुसन्धान विभाग हरिहर भवन बुझाइएको प्रहरीले जानकारी दिएको छ।

यसअघि गत शुक्रबार (भदौ १८ गते) श्री एयरलाइन्सकै उडानमार्फत काठमाडौंबाट बाँकेको नेपालगञ्ज (राँझा) विमानस्थल पुगेका २ जनालाई प्रहरीले ४ किलो बढी सुनसहित पक्राउ गरेको थियो।

काठमाडौं– ३ किलो भन्दा बढीको सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पक्राउ परेका छन्। श्री एयरलाइन्सको उडानमार्फत काठमाडौंबाट विराटनगर जान लागेका २ जनालाई विमानस्थल सुरक्षार्थ तैनाथ प्रहरीले पक्राउ गरेको हो।

प्रतिक्रिया