Wednesday 15th of January 2025

कोल्ड स्टोर्स भवनको जगको शुरुवात हिलोमय पानीबाट ।।

0 Shares

महोत्तरी / महोत्तरीको गौशालामा हिलोमय पानीमै कोल्ड स्टोर्स (चिस्यान केन्द्र) को भवन बनाउन शुरु गरिएको छ ।

गौशाला नगरपालिका ८ वेलगाछीस्थित खाल्टेवजारमा भवनको फाउन्डेसन निर्माणको लागि खनिएको खाल्टो पानीले भरिभराउ अवस्थामा रहेको अवस्थामा निर्माण कार्य शुरु गरेका हुन ।

 

स्थानिय सोनी खोलाको वगरमा जग निर्माण गर्ने क्रममा ठेकेदारले हिलोमय पानीभित्रैबाट जग उठाएका हुन । खाल्डोको एकातर्फ दमकल लगाएर पानी तान्दै छन् । भने अर्कोतर्फ मजदुरहरु काम गर्दैछ ।

नगरपालिका कार्यालयले तीव्र गतिमा काम गर्नका लागि आदेश दिएपछि पानी नसुक्दै काम गर्नुपरेको साईट ईन्जिनियर उतिमलाल दासले बताए । उनले भने–‘अहिलेको अवस्थामा निर्माण कार्य गर्नु अप्ठ्यारो नै छ । फाउन्डेसन खनिएपछि चारैतिरबाट फ्रम लगाएर दमकलले पानी निकाल्नुपर्छ । अनि मात्र सिमेन्ट लगायतका निर्माण सामग्री राखि निर्माण कार्य गर्नुपर्छ ।’

प्राविधीकको सल्लाहअनुसार नै यहाँ निर्माण कार्य जारी रहेको गौशाला नगरपालिका कार्यालय स्रोतले जनाएको छ । समय समयमा प्राविधीक र जनप्रतिनिधी सम्मिलित टोलीले निमार्णस्थलको अनुगमन समेत भईरहेको नगरप्रवक्ता भोजवहादुर दर्लामीले बताए ।

आर्थिक बर्ष २०७७ । ०७८ को नगरस्तरीय योजनाअन्र्तगत ४ करोड ४७ लाख ७५ हजार ९ सय ७७ रुपैयाँको लागतमा सगुन पारामाउन्ट जेभी वुटवलले निर्माण कार्य जारी राखेका छन् । तरकारी खेतीको रुपमा परिचित रहेको यस स्थानमा कोल्ड स्टोर्स निर्माण भएपछि स्थानिय किसानहरुलाई राहत मिल्ने भएको छ ।

 

प्रतिक्रिया