Wednesday 24th of July 2024

८ लाख कमिसनको रकम फालेर फरार गाउँपालिका अध्यक्ष राउतलाई पक्राउको माग गर्दै जसपाद्वारा मोटरसाइकल र्याली

0 Shares

विजयकुमार साह/ ढल्केवर, धनुषा :  ८ लाख कमिसनको रकम फालेर फरार भएका धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर राउतलाई यथासिघ्र पक्राउ गरी कानुनको दायरमा ल्याउन माग गर्दै जनता समाजवादी पार्टीका कार्यकर्ताले मोटरसाइकल ¥याली निकालेका छन् ।

मंगलबार जनता समाजवादी पार्टीका नेता राजकिशोर महतोको नेतृत्वमा गरिएको मोटरसाइकल ¥यालीका सहभागिहरुले ‘भ्रष्टाचारी गाउँपालिका अध्यक्षलाई निलम्बन गर’, ‘डम्बर राउतलाई समाजिक बहिष्कार गरौं’, ‘भ्रष्टाचारी गाउँपालिका अध्यक्ष चाहिदैन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बटेश्वर बजारबाट निकालिएको मोटरसाइकल ¥याली गाउँपालिकाका सबै वडाको परिक्रमा गर्दै पुनः सोही ठाउँमा आएर समापन गरेका थिए ।

८ लाख कमिसनको रकम फालेर फरार भएको बटेश्वर गाउँपालिकाका अध्यक्ष राउतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हालसम्म पनि पक्राउ नगरेकोले दबाब स्वरुप यो मोटरसाइकल ¥यालीको आयोजना गरेको जनता समाजवादी पार्टीका नेता राजकिशोरले बताए ।

अध्यक्ष राउतलाई अविलम्व पक्राउ नगरे बिरोधको कार्यक्रम जारी रहने भन्दै भोली बुधबार ¥याली पश्चात कोणसभाको आयोजना गर्ने नेता राजकिशोरले जनाए् ।

आफुहरुको माग पुरा नभए थप सशक्त आन्दोलन गर्न बाध्य हुने उनले चेतावनी समेत दिए ।
¥यालीमा सहभागि हुन आएका जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य महाजन यादवले सत्ता र शक्तिको आडमा उनलाई अख्तियारले संरक्षण दिएको हुनसक्ने आरोप लगाए ।

गएको फागुन १७ गते साँझ अख्तियारले पछ्याएपछि धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित औरही खोलाको किनारमा ८ लाख रुपैयाँ फालेर अख्तियारका कर्मचारीलाई छलेर गाउँपालिका अध्यक्ष राउत भाग्न सफल भएका छन् ।

भ्रष्टाचार गर्नुमा निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव र लेखाका कर्मचारीको समेत उतिकै दोष रहेको उनको आरोप छ । रकम फालेर भागेको हप्ता दिनबढी भइसक्दा समेत अध्यक्ष राउतलाई अख्तियारले अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

प्रतिक्रिया