जलेश्वर / करणी र गर्भ संरक्षण विरुद्धको घटनामा फरार रहेको एक अभियुक्तलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा विहीबार पत्रकार सम्मेलन गरि फरार रहेको अकाश कुमार झालाई सार्वजानिक गरेका छन् ।
झालाई प्रहरीले उनको घर महोत्तरीको पिपरा गाँउपालिकास्थित भ्रमरपुराबाट पक्राउ गरेको हो । गत साउन २२ गतेका दिन पिडीत युवतीका परिवारजनले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गरेपछि झालाई निजको गाँउबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गत असार २५ गतेका जनकपुरस्थित केयर मेडिकल सेन्टरमा झाले गाँउकै एक युवतीलाई गर्भपतन गराएको थियो । साढे ७ महिनाकी गर्भवती रहेकी सो युवती लगायत उनका आमाबाबुलाई नसालु औषधी खुवाई गर्भपतन गराएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रतिवादी झाले युवतीलाई गर्भपतन गराएको वच्चा समेत वेपता पारिएको प्रहरीको अनुसन्धानले स्पष्ट पारेको छ ।
केही महिना अगाडि गाँउकै एक युवतीलाई घरमा कोही नभएको मौका छोपी करणी गरिएको थियो । युवतीकै घरमा काम गर्ने झा ललाईफकाई युवतीलाई जर्वजस्ती करणी गरेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए । पक्राउ परेको झा उपर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।