Thursday 6th of February 2025

समता र समाबेशी शिक्षा सम्बन्धी दुई दिने बिद्यालय स्तरीय योजना कार्यक्रम शुरु

0 Shares

मंजित कुमार,महोत्तरी । समता र समाबेशी शिक्षा सम्बन्धी दुई दिने बिद्यालय स्तरीय योजना कार्यक्रम सोनमा गाउपालिकाको सभा हलमा मंगलबार बाट शुरु भएको छ।

महोत्तरी जिल्लाको सोनमा गाउपालिका भित्र रहेको सम्पुर्ण सामुदायिक बिद्यालयका प्र.अ. हरुलाइ समता र समाबेशी शिक्षा सम्बन्धी दुई दिने बिद्यालय स्तरीय योजना कार्यक्रम शुरु गरिएको छ।

मंगलबारबाट सुरु भएका तालिममा सोनमा गाउपालिका का जम्मा १७ ओटा सामुदायिक बिद्यालयका प्र.अ. एक ओटा संस्थागत बिद्यालयका प्र.अ. तथा एक ओटा मदर्साका प्र. अ. सहभागी भएका छन।

मंगलबारबाट शुरु भएका कार्यक्रममा बिद्यालयमा गुन्स्तरिय शिक्षा प्रदान गर्न बनाइने बिद्यालय सुधार योजना(SIP) कसरी निर्माण गर्ने, मातृभषामा कसरी शिक्षन सिकाइ गर्ने बारे व्यापक छलफल गरिने कुरा समाज बिकास केन्द्रका कार्यक्रम संयोजक अनबर प्रवेजले जनाएको छ।

समाज बिकास केन्द्रको संयोकत्वमा शुरु भएको कार्यक्रमको सहयोगी सोनमा गाउपालिकाको कार्यालय तथा विश्व शिक्षा रहेको छ त्यस्तै अर्को सहयोगी युनिसेफ रहेको छ।

कार्यक्रममा सोनमा गाउपालिकाका शिक्षा संयोजक राजकुमार साह, समाज बिकास केन्द्रका कार्यक्रम संयोजक अनबर प्रवेज, विश्व शिक्षाका रिशी माया चौधरी, कार्यक्रम अधिकृत रुपेश पासवान, सिकाइ उत्प्रेरकहरु धर्मेन्द्र कुमार कुश्वाहा, बाबु नन्दन पासवान र सुलेखा देवीको सहभागी भएका छन।

प्रतिक्रिया