Friday 4th of October 2024

भद्रगोल नमुना विद्यालय

0 Shares

गौशाला / गौशाला बजार प्रवेश गर्ने कालोपत्रे सडकको छेउमा एक चिटिक्क विशाल प्रवेशद्वार छ । जसमा ठूलो अक्षरले लेखिएको छ, त्रिभुवन माध्यमिक विद्यालय गौशाला । यस विद्यालयको हाताभित्र २ विग्हाभन्दा बढि क्षेत्रफलको हरियो चौर रहेको छ । चौरमा आर्कषक सरस्वती माताको मन्दिर स्थापित छ । विद्यालय परिसर चारैतर्फबाट भवनले घेरिएको छ । आकर्षक हरियो घाँसे मैदानले भरिभराउ यो दृश्यले हरेकको मनमोहक बनाईदिन्छ ।

वि.सं. २००६ सालमा स्थापना भएको यस विद्यालय सरकारको नमुना विद्यालयको सुचिमा समावेश रहेका छन् । शैक्षिणीक क्रियाकलापमा उदाहरणीय कार्य सम्पादन गरेकै कारण सरकारले नेपाल सरकारको शिक्षा मन्त्रालयले यस विद्यालयलाई नमुना विद्यालयको रुपमा समावेश गरिएको छ । कक्षा १२ सम्म पढाई हुने यस विद्यालयमा हाल १ हजार ६ सय विद्यार्थीहरु अध्ययनरत रहेको छ । सरकारले विद्यालयलाई नमुना घोषणा भएको दुई बर्ष वित्यो । तर विद्यालयले थप नमुना कार्य केही गर्न सकेको छैन् । विद्यालयले भौतिक संरचनादेखि लिएर शैक्षिक क्रियाकलापमा प्रगति हासिल गर्न सकेन । जसको एउटै कारण हो विद्यालयमा व्यवस्थापन समिती नहुनु । घोषणा भएको तीन महिना नवित्दै समितीको म्याद समाप्त भयो । जसको कारण विद्यालयले अहिलेसम्म थप प्रगति गर्न सकेको छैन् ।

विद्यालय व्यवस्थापन समितीविहीन, कार्यसम्पादन प्रभावित 

विगत २ शैक्षिकसत्रदेखि व्यवस्थापन समितीविहीन अवस्थामा विद्यालय रहेको छ । जसले गर्दा यहाँको हरेक गतिविधी प्रभावित भएको छ । व्यवस्थापन समिती नहुँदा समयमै निर्णय गराउन नसक्दा विद्यालयमा विकास गर्न समस्या भएको हो । भौतिक पूर्वाधार, शैक्षणिक क्रियाकलापदेखि लिएर आवश्यक सामग्रीका बन्दोवस्त गर्न प्राविधीक रुपमा समस्या रहेको प्रधानाध्यापक अमोद कुमार साहले बताए । समितीकै अभावमा विद्यालयलाई नमुना कार्य गर्दै प्रगतिपथमा हाक्न नसकेको प्रधानाध्यापक साहले स्वीकार गरेका छन् ।

आर्थिक बर्ष २०७७÷०७८ मा शिक्षा मन्त्रालयले पठाएकोे १ करोड ५० लाख रकम अझ खातामा थन्किएको छ । विद्यालयका लेखापाल कौशल कुमार महतोका अनुसार सो रकममध्ये एक रुपैयाँ पनि खर्च भएको छैन । समिती नभएकै कारण नगरपालिकाले सो खाता संचालनमा रोक लगाईएको हो । यता शैक्षिक पूर्वाधार निर्माण निम्ति शिक्षा मन्त्रालयले पठाएको भौतिक पूर्वाधारको डीपिआरको कामकाज अगाडि बढन सकेको छैन् ।

समिती गठनका लागि विद्यालयमा ४ पटकसम्म औपचारिक रुपमै अभिभावक वैठक डाकियो । जसमा ३७ जनाको नाम अध्यक्ष पदकै लागि प्रस्ताव आयो । जसमा यहाँका संचारकर्मी, व्यवसायी, राजनितीक दलका कार्यकर्ताहरु रहेका थिए । सो वीचमा उनीहरुवीच सहमतिको लागि अथक प्रयास भईयो । तर सहमति हुन सकेन् । अन्तिम समयसम्म सोही पदका लागि ३० जनाले दावेदार गरेपछि समिती चयन हुन नसकेको विद्यालय स्रोतले जनाएको छ ।

अव्यवस्थित कक्षाकोठा

एउटा कक्षामा १ सय देखि १ सय ५० जना विद्यार्थीहरु अव्यवस्थित रुपमा पढदै आएका छन् । जसले गर्दा पठनपाठन गराउनदेखि लिएर कक्षा व्यवस्थापनमा कठिनाई भएको शिक्षक सुमित कुमार साहले बताए । शिक्षक साहका अनुसार विद्यार्थीको अधिक चाप भएपछि पठनपाठन गर्न अत्यन्त समस्या हुँदै आएको छ । आवश्यक कक्षाकोठा र विषयगत शिक्षक नहुँदा कक्षालाई सेक्सनमा रुपान्तरण गर्न नसकेको प्रधानाध्यापक अमोद कुमार साहले जानकारी दिए । उनले भने–‘हाल ३६ जना शिक्षकहरु कार्यरत छन् । सेक्सन संचालन गर्न अझ १४ वटा कक्षाकोठा र ६ जना विषयगत शिक्षकको आवश्यक छ । सेक्सन छुटाएर कक्षा संचालन गर्न नेपाली, लेखा, शिक्षा लगायत मेजर विषयको शिक्षक चाहिन्छ ।’

आवश्यक पूर्वाधारको कमी

यहाँको कक्षाकोठामा स्मार्ट वोड लगायतका भौतिक पूर्वाधार जडान भएको छैन् । जसले गर्दा कक्षा अझ प्रविधीमैत्र रुपले संचालन हुन सकेको छैन । विद्यालयमा ४ वटा शौचालय र तीन वटा चापाकल मात्र हुँदा विद्यार्थी र शिक्षकलाई सेवा लिनका लागि समस्या छ । शौचालय र चापाकलमा प्रायः विद्यार्थीको भिड हुन्छ ।

यता, शिक्षिका भाग्यवती यादवलाई प्याड व्यवस्थापनको जिम्मेबारी तोकिएको छ । महिनावारी हुँदा छात्रालाई यादवसँग समन्वय गर्ने गर्दछन् । छात्रा शौचालय रहेकोले महिनावारी हुँदा समेत वालिकाहरुलाई पठनपाठनलाई निरन्तरता दिदै आएका छन् ।

व्यवस्थित होस्टेल र पुस्तकालय छैन ।

विद्यालयको परिसरमा बर्षौ पहिले बनाईएको छात्र आवास (होस्टेल) हटाईएको छ । गतबर्ष कमर्सियल भवन बनाउने क्रममा सो आवास भवन हटाईएको हो । जसको कारण वाहिरबाट पढनका लागि आउने विद्यार्थी एवम् शिक्षकहरु वाहिर डेरामा बस्दै आएका छन् । उनीहरुको मासिक ३ हजारदेखि ५ हजार रुपैयाँ रुम (डेरा) भाडामा खर्च हुदै आएको छ । यता व्यवस्थित पुस्तकालय नहुँदा आवश्यक पुस्तकहरु अहिले दराजमा थन्काईएको छ । ईच्छुकहरु घरमै लगि किताव पढने गर्दछ । भवन अभावमै पुस्तकालय व्यवस्थित रुपले संचालन हुन नसकेको विद्यालय व्यवस्थापन समितीका पूर्व सदस्य दिनेश महतोले बताए । यहाँ सोनमा, औरही, वर्दिवास लगायत सर्लाहीका विद्यार्थीहरु प्राविधीकतर्फ अध्ययनरत छन् ।

समिती नहुँदा विद्यालय नमुना हुन सकेन ः नगरपालिका शिक्षा शाखा 

आवश्यक भौतिक पूर्वाधार निर्माण देखि लिएर व्यवस्थित एवम् स्तरोन्नतिका लागि कठिनाई भएको शिक्षा शाखाले जनाएको छ । सरकारले विद्यालयलाई नमुना घोषणा गरेतापनि लामो समयदेखि समिती नभएकै कारण विद्यालय विकसित हुन नसकेको शिक्षा शाखाका अधिकृत संजय कुमार सिंहले बताए । गौशाला नगरपालिकामा ३३ वटा सामुदायिक विद्यालय रहेका छन् ।

 

प्रतिक्रिया