Saturday 20th of July 2024

वालिकाको गर्भ तुहाईयो ।।

0 Shares

महोत्तरी/ वालिकाको गर्भ तुहाईएको आरोपमा महोत्तरीमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जलेश्वर नगरपालिका ९ प्रकौलीका २३ बर्षिय अकाश कुमार झा रहेको छ । प्रहरीले झालाई भदौ २० गते घरबाटै पक्राउ गरेको हो ।

थाहा नदिई गर्भ तुहाईयो 

गत असार २५ गते जनकपुरस्थित केयर मेडिकल सेन्टरमा झाले युवतीको साढे ७ महिनाको गर्र्भ तुहाईएको हो । पिडित युवतीले भनिन्–‘ पहिले आमालाई नशालु पदार्थ पानीमा मिसाएर सेवन गरायो । अनि आफुलाई पनि एउटा टयाव्लेट खान दिईयो । टयाब्लेटको नाम के रहेछ, आफुलाई थाहा भएन् । पछि स्वास्थ्य अवस्था असहज हुन थालेपछि नर्सले नशाको सुई लगाईयो । अनि अप्रेशन गरि बच्चा निकालेको रहेछ ।’

झाले गर्भपतन गराएर वच्चा समेत वेपता पारिएको पिडितकी आमाले बताईन् । उनले भनिन्–‘छोरीलाई झाले विभिन्न समयमा जर्वजस्ती करणी गरेको रहेछ । पछि उनको घरपरिवारले आफुलाई विभिन्न प्रलोभन देखाउन थालियो । आफु गरिव भएपनि उनको जालमा फस्न सकेनौ । एक दिन वर्थ डे पार्टीको शिलशिलामा छोरी र आफुलाई जनकपुर पु¥याईयो । त्यहाँ आफुहरुलाई जानकारी नदिईकनै छोरीको गर्भ तुहाई दिएछ ।’

यस्तो छ घटना 

जिल्लाको जलेश्वर नगरपालिका ९ प्रकौलीका जगरनाथ झाको घरमा घरेलु कामदारका रुपमा स्थानिय एक महिला बर्षौदेखि कार्यरत रहेकी छिन् । कामको शिलशिलामा महिलाकी १३ बर्षिया छोरी आमासँगै झाको घरमा आउने गर्दथ्यो । सोही क्रममा जगरनाथका २३ बर्षिय छोरा अकाश कुमार झाले वालिकालाई विभिन्न प्रलोभन देखाएर आफनो जालमा फसाउन सफल भयो । तत्पश्चात घरमा कोही नभएको मौका छोपी झाले ती युवतीलाई बारम्बार जर्वजस्ती करणी गर्दै आएको थियो ।

एक दिन वालिका गर्भवती भएको झा परिवारले थाहा पाएछ । अकाश र उनकी आमाले वालिकाको गर्भ तुहाउने उपाय सोच्न थालियो । नभन्दै असार २५ गते वालिकाको गर्भ तुहाउन उनीहरु सफल भईयो ।

यता, पिडित परिवार न्यायको प्रतीक्षामा छन् । आर्थिक रुपले विभिन्न रहेको पिडितपक्षलाई झा परिवारले विभिन्न प्रलोभन दिदै आएको छ । पछिल्लो समयमा आएर आफ्ुहरुलाई झा परिवारले धाकधम्की दिदै आएको पिडितपक्षले बताए ।

अनुसन्धान जारी छ : प्रहरी 

गत साउन २२ गते पिडीतपक्षले जिल्ला प्रहरी कार्यालय जलेश्वरमा निवेदन दर्ता गराएको छ । प्रहरीले खोजतलाश गर्ने क्रममा झालाई निजको गाँउबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेको झा उपर जिल्ला अदालत महोत्तरीबाट म्याद थप गरि अनुसन्धान जारी रहेको प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताए ।

प्रतिक्रिया