Thursday 18th of July 2024

वीरगञ्जबाट चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

0 Shares

वीरगञ्ज : चोरीको मोटरसाइकलसहित प्रहरीले एक युवकलाई रौतहटबाट पक्राउ गरेको छ। चोरीको मोटरसाइकलसहित प्रहरीले रौतहटको यमुनामाई गाउँपालिका–५ वस्ने १९ वर्षीय रुपक झालाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका–३ बीपी चोकबाट ना५२ प १५९८ नम्बरको चोरीको मोटरसाइकलसहित पक्राउ गरेको हो। पक्राउ परेका युवकलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

प्रतिक्रिया