Saturday 20th of July 2024

नगर कार्यपालिकाको छेउमै आरकेस्ट्रा :‘छात प् सुताक’ जस्तो अश्लील गीत : प्रशासन मुकदर्शक

0 Shares

,सिरहा : सिरहाको कर्जन्हा नगर कार्यपालिकाको कार्यालय छेउमै आरकेस्ट्रा कार्यक्रम आयोजन भएको छ ।

विश्वकर्मा पूजाको अवसरमा आरकेस्ट्रा नाच आयोजन भएको थियो । समाजमा विकृति फैलाउने अश्लील गीतमै नृत्य गरिएको देखिएका छन् ।

आयोजन भएको आरकेस्ट्राको छेउमै कर्जन्हा नगर कार्यपालिकाको कार्यालय छन् र लगभग ५० फिटको दुरीमा प्रहरी चौकी पनि छन् तर नगरपालिका लगायत प्रहरी प्रशासन पनि मौन भएर बसेको देखिएको छ ।

समाजमा विकृति फैलाउने ‘छात प् सुताक भातार अलबट किया र हमर दुनु बैलुन ढुक ढुक करे’ सहितका अश्लील गीतमै नृत्य भइरहँदा प्रहरी मुकदर्शक बनेका छन् ।

आरकेस्ट्रामा केही टिकटोकरहरुले पनि (TIKTOKER) अपराधिक घटना बढाएको देखिएको हो ।

अश्लील गाना र वस्त्र लगाएर गरिने यस्तो सबै कुराको अन्त गरौँ। दिनदिनै हाम्रो समाज र युवा पिढी यस्तै कारणले गर्दा भ्रष्ट हुँदै गइरहेको छ। त्यसकारण अब हामी सबै मिली यस्तो कुरीति को अन्त्य गरौं जस्ता कुरा हरु पटक पटक उठिरहेको बेला पनि यस्ता अपराधिक घटनाहरु बढ्दै गएको छ |

प्रतिक्रिया