0
Shares
गौशाला / गौशाला नगरपालिका २, निगौल गाँउ छेउको जग्गा नदीले कटान गर्न थालेपछि जसपाका नेता लक्ष्मी महतोले नदी नियन्त्रणमा जुटेका छन् ।
शनिवार स्थानिय मरहा नदीलाई पूर्ववत रुपमा फर्काउन नेता महतोले निजी लगानीमा पहल शुरु गरेको हो । आफनो जेसीभी लगाएर १ किलोमिटर लम्बाई र १४ फिट चौडाई तटबन्धन निर्माण गरिने कार्यको शुरुवात भएको हो ।
नेता महतोले भने–‘नदीले बर्षेणी खेतीयोग्य जग्गा कटान गर्दै आएको छ । तीनैतहका सरकारले नदी नियन्त्रणका लागि जनप्रतिनिधीको खासै भुमिका देखिएन् ।’
गाँउवासीको जनधन वचाउनका यस्तो कदम उठाएको नेता महतोले बताए । गौशाला नगरपालिका लगायत यहाँको जनप्रतिनिधीको खासै नजर यसतर्फ जान नसकेको वडा नं. २ का सदस्य कुमरकान्त झाले बताए ।
गाँउ छेउबाट वग्ने महरा नदीले ३ बर्षको अवधिमा १५० विग्हा खेतीयोग्य जग्गा कटान गरिएको झाले जानकारी दिए ।