Saturday 20th of July 2024

महोत्तरीमा आरकेष्ट्राको विवादले लिए एक बृद्धको ज्यान, दुईजना घाईते

0 Shares

गौैशाला : आरकेष्ट्रा नाचको विषयमा विवाद हुँदा महोत्तरीमा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा सोनमा गाँउपालिका २ ईमलियाटोलका ६५ बर्षिय रामप्रसाद यादव रहेको छ । त्यस्तै सोही विवादमा परि उनका दुई छोरा बर्ष २४ को मोदनारायण र सरोज कुमार घाईते भएका हुन ।

उनीहरुको प्राथामिक स्वास्थ्य केन्द्र गौशालामा उपचार भईरहेको छ । यता मृतकको शव पोष्टमार्डमको लागि जलेश्वर पठाउने तयारी भईरहेको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आईतबार खोसिएको मोवाईलको विषयमा मैनटोल वस्तीमा बुझ्न जाँदा झडप भएको प्रहरीले जनाएको छ । अन्धाधुन्ध ढुंङ्गा प्रहार गर्दा यादव दाजुभाई घाईते भएका थिए । पछि झगडा छुटयाउन वस्ती पुगेका ५० बर्षिय रामप्रसाद यादव माथि समेत उनीहरुले ढुंङ्गा प्रहार गर्दा गम्भीर घाईते भएको थियो । उनको उपचारको लागि गौशाला ल्याउने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

गएराति नाच हेर्ने क्रममा विवाद हुँदा स्थानियहरुले सरोज यादवलाई कुटपिट गरेका थिए । उनको मोबाइल र अन्य सामानहरू स्थानीय मलेछी सदाले खोसेका थिए ।

आईतबार सोही सामग्री लिनका लागि सरोज यादव र मोदनारायण वस्तीमा पुगेका थिए । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोनमा गाँउपालिका ७ मैनटोलका ३५ बर्षका मलेछी सदा र २८ बर्षका नथु सदालाई नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया