Saturday 20th of July 2024

प्रदेश २ : वडाध्यक्ष कार्यालयमै मस्त निन्द्रामा सुते पछि…

0 Shares

वीरगञ्ज : पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष मदन साह कानु कार्यालय समयका बेला सितिमिति भेटिँदैनन् । तर कार्यालय बिदा रहेको दिनमा भने कार्यालयमै गएर सुत्ने गरेको भेटिएको छ ।

कानुले कार्यालयलाई व्यक्तिगत विश्रामघर बनाएको पाइएको हो । संविधान दिवसका दिन वडा कार्यालय पुग्दा वडा अध्यक्ष कानु कार्यालयको टेबलमा मस्त निदाइ रहेको भेटिए ।

सेवाग्राहीको काम गर्ने बेला फेला नपर्ने वडाअध्यक्ष विदाका दिनमा भने कार्यालयमै सुत्ने गरेको स्थानीय बताउँछन् ।

‘हाम्रा वडाअध्यक्षले कार्यालयाई आफ्नै निजी सम्पत्ति ठाने,’ स्थानीय विक्की साह भन्छन्, ‘ जनताको काम गर्ने बेला नभेटिने उनी विदाका बेला भने कार्यालयलाई नै विश्राम थलो बनाइरहेका छन् ।’

यसबारेमा वडाअध्यक्ष कानुसँग सोध्दा आफू अस्वस्थ भएकाले कार्यालयमा केही बेर विश्राम गरेको प्रतिकृया दिए । स्रोत : दिशा निर्देश

प्रतिक्रिया