Saturday 20th of July 2024

महोत्तरीमा अज्ञात समुहको कुटपिटबाट घाईते

0 Shares

गौशााला : महोत्तरीको मनरा सिस्वा नगरपालिकामा अज्ञात समुहको कुटपिटबाट एक जना गम्भीर रुपमा घाईते भएका छन् ।

अज्ञात समुहको कुटपिटबाट मनरा सिस्वा नगरपालिका ४ का ३५ बर्षिय विनोद कुमार सिंह गम्भीर घाईते भएका हुन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेको छ । उनको टाउकोमा १० वटा टाँका लागेको छ । गएराति ३ बजेको समयमा घरभित्र पसेका ५–७ जनाको अज्ञात समुहले भाटा प्रहार गर्दा सिंह गम्भीर रुपमा घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टका अनुसार रातिको समयमा के कति कारणले घटना भएको खुलासा हुन सकेको छैन् । प्रहरीले घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको डिएसपी विष्टले जानकारी दिए ।

प्रतिक्रिया