जनकपुर : राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको मर्यादाविपरीत कार्य गर्ने विद्यार्थीको सबै परीक्षा रद्द गर्न सक्ने चेतावनी दिएको छ ।
बोर्डले सूचना जारी गर्दै परीक्षा हलमा मोबाइललगायत अन्य इलेक्ट्रोनिक्स डिभाइस नि-षेध गरिएको अवस्थामा उत्तरपुस्तिका समेत सामाजिक सञ्जालमा भेटिएको विषयमा गम्भीर ध्यानाकर्षणभएको जनाएको छ ।
परीक्षार्थीले परीक्षा हलमै मोबाइल लगी उत्तरपुस्तिकाको फोटो खिचेर टिकटक बनाएर राख्ने लगायतका गतिविधिपरीक्षाको मर्यादाविपरीतरहेकाले त्यस्ता परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द तथा सम्बन्धित विद्यालयको परीक्षा केन्द्र समेत खारेजगर्न सक्ने चेतावनी दिएको छ ।
बोर्डले यस प्रकारका अमर्यादितकार्य नगर्न र नगराउन सम्बन्धित विद्यार्थी, शिक्षक एवं विद्यालयहरुलाई आग्रह गरेको छ ।
भदौ ३० गतेदेखि शुरु भएको कक्षा १२ को वार्षिक परीक्षाको पहिलो दिन नै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा परीक्षा हलमा नै बसेर उत्तरपुस्तिका, परीक्षा हलमा विद्यार्थीले चिटचोरिरहेकोजस्ता भिडियो सार्वजनिक भएका छन् ।
उक्त भिडियो बाहिरिएपछि बोर्डले यस्तो चेतावनी दिएको हो ।