
गौशाला । प्रदेश सभासद भरतप्रसाद साहले महोत्तरीको गौशालामा सेवा समाजिक उद्यमी महिला सहकारी संस्था भवनको शिलान्यास गर्नुभएको छ ।
विहीबार गौशाला ४ मा आयोजित एक समारोहकाबीच १५ लाखको लागतमा निर्माण हुने सो संस्थाको भवनको शिलान्यास गर्नुभएको हो । प्रदेश निर्वाचन क्षेत्र कार्यक्रम अन्र्तगत सभासद साहले उपलब्ध गराएको सो भवनको शिलान्यास भएको हो । शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै सभासद साहले अगामी दिनमा पनि महिलाहरुलाई आर्थिक रुपमा रुपान्तरण गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो ।
२०६८ सालमा स्थापित भएको सो संस्था गौशाला नगरपालिकाको सवैभन्दा वढि सेयरसदस्य रहेको संस्था रहेको छ ।
मासिक रुपमा जनही २ सयका दरले वचत गर्ने सो संस्थाको हालको पुँजी १ करोड १० लाख रहेको संस्थाकी सचिव अनिता सिंहले जानकारी दिनुभयो ।
प्रतिक्रिया