Thursday 18th of July 2024

सिरहामा करेन्ट लागेर एकको मृत्यु

0 Shares

सिरहा : सिरहामा करेन्ट लागेर बुधबार एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्जन्हा नगरपालिका – ६ अवस्थित घर भएका २० वर्षीय अश्वनी कुमार झा “मोनु” रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रहरीका अनुसार मोनु को आफ्नै घरको कल मा बिधुत प्रवाह भएको र उनको आमा लाइ करेन्ट लागेको देखेपछि छोडाउने क्रममा मोनुको ज्यान गएको प्रहरीले जनाएको छ ।

तेसै क्रममा मोनुको आमा गम्भीर घाइते भएका छन् । घाइते लाई फुलकुमारी महतो मेमोरियल असपताल कर्जन्हामा उपचार भैरहेको छ । सोहि घटनाले गर्दा सिंगो गाउँनै शोकमा डुबेका छन् ।

घटनाबारे अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया