Thursday 18th of July 2024

सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघले दियो दबाब

0 Shares

काठमाडौं : युरोपेली संघले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दबाब दिएको छ।

युरोपेली आयोगले एकै प्रकारको चार्जर भएमा विद्युत खपत कम हुने र धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ।

त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने वाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निश्कर्ष छ।

संघको यस दबाबले विश्वभरी धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्ने आकलन गरिएको छ।

तर, एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ अस्वीकार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ।

आयोगको निर्देशनका कारण अब मोवाइल फोनको चार्जर उत्पादकहरुले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ।

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेश गरेको अधिकारीहरूले जनाएका छन्।

आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए।

एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठूलो योगदान गर्न सक्ने उनीहरुको दाबी छ।

प्रतिक्रिया