Saturday 20th of July 2024

सेवा महिला उद्यमी सहकारी संस्थाको ११ औ सधारणसभा सम्पन्न, सवै मिलेर समाज रुपान्तरणको लागि भुमिका निर्वाह गर्नुपर्नेमा मन्त्री साहको जोड ।।

0 Shares

गौशाला / सवै मिलेर नै समाजिक रुपान्तरणका लागि अथक भुमिका निर्वाह गर्नुपर्नेमा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहले जोड दिनुभएको छ ।

शनिवार महोत्तरीको गौशालामा आयोजित सेवा समाजिक महिला उद्यमी सरकारी संस्थाको ११ औं सधारणसभालाई सम्बोधन गर्नुहुँदै मन्त्री साहले सो कुरा बताउनुभएको हो । मन्त्री साहले यहाँका समाजमा अनेकौ वेथितीहरु कायम रहेकोले सकारात्मक सोच, सांगठिनक सहयोग अनि सहकार्यको माध्यमले नै समाज रुपान्तरण हुने भएकोले यसतर्फ सशक्त भुमिका निर्वाहका लागि सर्वसधारणमा अनुरोध गर्नुभएको छ ।

अहिले युवापिढीहरु लागुऔषधको दुव्र्यसयनीको शिकारमा फस्ने भएकोले अभिभावकले जोगाउनको लागि सकारात्मक भुमिकाको आवश्यकता उपर मन्त्री साहले जोड दिनुभएको छ । यस्ता परिवेशलाई ध्यानमा राख्दै प्रदेशसरकारले गौशाला नगरपालिका ८ बेलगाछीमा प्रदेशस्तरीय सुधारगृहको निर्माण गर्ने तयारीमा जुटेको मन्त्री साहले जानकारी गराउनुभयो ।

कार्यक्रमकाबीच जिल्ला सहकारी मन्चका उपाध्यक्ष शारदा दाहालले सरकारीलाई व्यवस्थित गर्नका लागि समयमै उपयुक्त भुमिकामा आउनुपर्नेमा जोड दिनुभयो । महिलाहरु भ्रुणबाटै पारिवारीक शिकारको चपेटामा फस्दै आएकोले महिलाले गर्दै आएको सशक्तिकरण भुमिकालाई सवैले कदर गर्दै सहयोगात्मक भुमिकामा प्रस्तुत हुनका लागि सरोकारवाला निकायसमक्ष आग्रह गर्नुभयो ।

त्यस्तै राष्टिय सहकारी वोर्डका पूर्व केन्द्रिय सदस्य रामचन्द्र सिंह कुशवाहाले कृषि ज्ञान केन्द्रलाई कृषकमुखि बनाउनको लागि मन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो । कार्यक्रमकाबीच विभिन्न सहकारीकर्मीहरु यहाँका सरकारीलाई व्यवस्थित गर्नका लागि सरोकारवाला निकायलाई थप सशक्त भुमिकामा प्रस्तुत हुनपर्नेमा जोड दिनुभयो ।

वि. सं. २०६८ सालमा स्थापित भएको यस सहकारीमा ५८० जना शेयर सदस्यहरु ऋावद्धता रहेका छन । हाल गौशाला नगरपालिकामा ५८ वटा सहकारीहरु संचालनमा रहेको गौशाला सहकारी संजालका नगरअध्यक्ष काशी महतोले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया