Friday 12th of July 2024

अपहरण तथा शरीर बन्धक मुद्दाका फरार प्रतिवादी पक्राउ

0 Shares

राम नारायण यादव, राजविराज । अपहरण तथा शरीर बन्धक मुद्दाका फरार एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर १ का बिन्देश्वर यादवको छोरा तत्कालिन बर्ष ४५ को भोलेन्द्र प्रसाद यादव रहका छन् ।

सप्तरी जिल्ला अदालताले अपहरण तथा शरीर बन्धक मुद्दामा २०७३ साल भदौ १५ गते ९ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको थियो ।

गाउँमै लुकिछिपी बसेको अवस्थामा खटिएको प्रहरीको टोलीले उनलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका यादवलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि म्याद थप गर्न शुक्रबार जिल्ला अदालत सप्तरीमा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया