Saturday 20th of July 2024

शिक्षिका महतोले जितिया पर्वमा कम्तीमा दुई दिन विदा मिलाउन प्रदेश सरकारसमक्ष गरे आग्रह ।।

0 Shares

गौशाला / एकीकृत अखिल नेपाल शिक्षक संगठनका महिला उपाध्यक्ष सुनिता महतोले महानपर्व जितियाको अवसरमा कम्तीमा २ दिन विदा मिलाउनका लागि सरोकारवाल निकायसमक्ष आग्रह गरेकी छिन् ।

उपाध्यक्ष महतोले शनिवार प्रदेश नं. २ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहलाई महिला व्रतालुको हकमा कम्तीमा दुई दिनको विदा मिलाउनका लागि आग्रह गरेकी हुन् । मन्त्री साह गौशालामा आयोजित एक कार्यक्रममा सहभागी भएको समयमा शिक्षिका महतोले भेटेरै सोको बारेमा ध्यानाकर्षण गराएकी हुन ।

यसबर्ष व्रतालुलाई अनिवार्य रुपमा दुईदिन उपवास वस्नुपर्ने भएकोले दुई दिनको लागि यहाँका सरकारी तथा अर्धसरकारी संस्थामा कार्यरत महिला कर्मचारीलाई विदा उपलब्ध गराउनका लागि मन्त्री साहसमक्ष मौखिकरुपमा जानकारी गराएकी हुन ।

सो क्रममा मन्त्री साहले आफु सकभर महिला व्रतालुलाई ध्यानमा राख्दै सम्बन्धितपक्षसँग परामर्श गरिने आश्वासन दिएका छन् । मन्त्री साहले भोली सोमबार चोखो भई व्रतालुहरु मंगलवार देखि वुधबार बेलुकी ५ बजेसम्म उपवास वस्नुपर्ने भएको छ ।

व्रतालुहरु बुधबार ५ बजेपछि मात्र पारण गरिने शुभसायद रहेको जानकारवालाहरुले बताएका छन् ।

 

प्रतिक्रिया