Wednesday 24th of July 2024

पतिङ्गर सोहरेर इन्धन र अतिरिक्त आर्जनको जोहो

0 Shares

गोपालप्रसाद बराल, महोत्तरी । वसन्त ऋतुअघि नयाँ पालुवा फेर्न वन क्षेत्रका रुखले झारेका पुराना पात महोत्तरीका गरीब महिलाका लागि घरको इन्धनको आवश्यकता र अतिरिक्त आम्दानीको जोहो बनेको छ ।

जिल्लाको बर्दिबास र गौशाला नगरपालिकामा पर्ने पूर्वपश्चिम राजमार्गको दायाँबायाँका वनक्षेत्रमा टाढाटाढाका गरीब महिला पतिङ्गर बटुल्न व्यस्त देखिन्छन् । पतिङ्गर सोहोर्नेको आवागमनले अहिले वनक्षेत्रमा चहलपहल निकै बढेको छ ।

वन क्षेत्रमा टाढाटाढाबाट पतिङ्गर सोहर्न पुग्नेमा मुसहर, बाँतर जाति समुदायका दलित महिला बढी भेटिन्छन् । बर्दिबास, गौशालाबाहेक जिल्लाका औरही र भङ्गाहा नगरपालिकाका मुसहर, बाँतर जाति समुदायका महिला १५÷२० किलोमिटर छिचोलेर पतिङ्गर सोहोर्न अहिले वनक्षेत्र पुग्ने गरेका हुन् ।

वनक्षेत्रको असरल्ल पतिङ्गर खरेटोले बटुलेर थुपार्नु, ठूलठूला टाला र बोरामा हालेर बाँध्नु र ओसार्नु यी महिलाको अहिलेको दैनिकी हो । वनक्षेत्रमा बटुलिएको पतिङ्गर आफ्नै लागि खाना पकाउने इन्धन हुने र किसानले किनिदिँदा अतिरिक्त आर्जनसमेत भएपछि यो काममा गरीब महिलाको आकर्षण बढेको हो ।

उखु, परवल, ओललगायतका नयाँ खेती ९भर्खर रोपिएको० मा माटोको चिस्यान नमरोस् भन्न झ्यास र पतिङ्गरले छोप्ने गरिन्छ । यो प्रयोजनका लागि किसानले पतिङ्गर किन्ने भएका हुँदा दलित महिलामा यस कामप्रति लगन र जाँगर बढेको हो । पछिल्ला केही वर्षयता परवल र ओलखेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल बढ्दै गएपछि मुसहर महिलाका लागि पतिङ्गर अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।

ओल र परवल रोपेपछि माटोको चिस्यान बचाइराख्न पतिङ्गरले छोप्ने गरिएकाले जिल्लामा पतिङ्गर आम्दानीको स्रोत बनेको यो काममा लागेका मुसहर महिला बताउँछन् । “जङ्गलको गिरल पत्ता समेट्क एक ठाम करैछी” ९वनमा पतिङ्गर सोहोरेर एक ठाउँ जम्मा गर्छौं० पतिङ्गर सोहोर्न बर्दिवास–८ हाथीलेटको सागरनाथ वन विकास परियोजनाको प्लटमा पुगेकी भङ्गाहा–४ रामनगरकी भुठ्ठी सादा मुसहरले भन्नुभयो, “खेती करवालासब् अही ठाम आ’क ललेइछै” ९किसानले यहीँ आएर लिने गर्छन्० । सोहोरेर थुपारिएको पतिङ्गरबाट राम्रै रकम पाउने गरिएको यस काममा लागेका महिलाको भनाइ छ ।

यी गरीब समुदायका लागि वसन्तऋतु प्रतिक्षा हुन्छ । “कहिया पतझड ९वसन्त ऋतु० आयत, जे पत्ता सम्ट जङ्गल जाई”, ९कहिले वसन्त आउला र वनमा पतिङ्गर बटुल्न जाउँ भन्ने प्रतिक्षा हुन्छ० भुठ्ठीकै छिमेकको बस्ती पलारकी बाँतरदायकी शिलो बाँतरले भन्नुभयो ।

वनको पतिङ्गर थप आम्दानीको स्रोत र आफ्नै घरमा खाना पकाउने इन्धन हुने गरेको छ । किसानले वनमै बोरा र ठूलठूला टालासमेत दिएर पतिङ्गर जम्मा गरी दिएबापत रकम दिन्छन् । बटुलेकै ठाउँमा रकम पाएपछि घर फर्कने बेलामा इन्धनका लागि भने आफैँले बोकेर लाने गरेको गौशाला नपाको लक्ष्मीनियाँस्थित परियोजनाको प्लटमा पतिङ्गर सोहोरी रहेकी औरही नगरपालिकाको टिम्किया बस्तीकी दियावती सादाले बताउनुभयो ।

अहिले खेतीपातीमा धमाधम बेला नभएकाले मुसहर, बाँतर महिलाका लागि फुर्सदको उपयोग गर्दै केही आर्जन गर्न वनजङ्गलमा पतिङ्गर सोहोर्नु खास अवसर भएको छ । मुसहर, बाँतर समुदायका महिलाको मुख्य काम कृषि मजदूरी हो । धान, गहुँ काट्ने र रोपाइँका बेलामा यिनलाई गिरहत ९जग्गाधनी किसान० को काममा लाग्नुपर्छ । अहिले खेतीको व्यस्त समय नभएको हुँदा घरको इन्धन र अतिरिक्त आर्जनका लागि पतिङ्गर बटुल्नु खास अवसर भएको भङ्गाहा–३ सखरीटोलकी उजरी बाँतरले बताउनुभयो ।

“हजुर, अखैन गिरत सब्के खेतमे कोनो काम नइ अई” ९हजुर अहिले मालिकका खेतमा कुनै काम छैन० उजरीले भन्नुभयो, “तही स दु चार ढौवाके जोगारमे लागल छि” ९त्यसैले दुई÷चार पैसा आर्जन हुने काममा छौँ० ।

जिल्लाको भङ्गाहा नगरपालिकाका सकरी, बनरा, रामनगर, टिकुलिया, भिमगढ, हतिसर्वा, सिङग्याही, धर्मपुर, हरिहरपुरहरिनमरी र औरही नगरपालिकाको सोनामाई, टिम्किया, चेप्कोट, भोइलसहितका बस्तीबाट आएका दलित महिलालाई अहिले जिल्लाको उत्तरी क्षेत्रस्थित वनक्षेत्रमा पतिङ्गर सोहोर्न भ्याइनभ्याइ छ ।

माघदेखि चैतसम्म वनका रुखका पुराना पात झर्ने र वैशाखमा नयाँ पात फेरिने गर्छ । हिउँदे वर्षा हुँदा वनका असरल्ल पात बटुल्न सजिलो हुने यस काममा लागेका महिलाको भनाइ छ । तर यसपाली हिउँदे वर्षा नभएको हुँदा असरल्ल पातपतिङ्गर बटुल्न बढी समय लाग्ने गरेको छ । अहिले पछिल्लो एकसातायता दैनिकजसो १००÷१५० को हाराहारीमा मुसहर र बाँतर महिला वनमा पतिङर सोहोरी रहेका भेटिने गरेका छन् ।

मुसहर, बाँतर महिलाले सोहोरेका पतिङ्गरले आपूmहरुलाई निकै सजिलो भएको परबल र ओल खेती गर्ने किसान बताउँछन् । पातपतिङ्गर ९सोत्तर० सोहोर्न अन्य घरकामले नभ्याएका बेला यी महिलाले थालेका कामले आपूmहरुलाई निक्कै सजिलो भएको बर्दिवास–४ का परबल किसान रामजी पौडेलको भनाइ छ ।

ओल र परवल रोपिएको जग्गा पातपतिङ्गरले छोप्दा चिस्यान रही रहने भएकाले अहिले यसको बिक्री निक्कै बढेको छ । पतिङ्गरको किनबेच हुन थालेपछि अहिले यो काम राम्रो रोजगारी बनेको उद्यमीको भनाइ छ । दलित महिलाले फुर्सदको समय उपयोग गर्दै थालेका काममा अन्य समुदायलेसमेत चासो बढाउन थालेका बर्दिवास उद्योग वाणिज्य सङघ्का सचिब ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

वनक्षेत्रमा पतिङ्गर सोहोर्नेको चहलपहलले वन्यजन्तु र चराचुङ्गी भने भाग्न थालेका छन् । धुम्रपान९बिँडी चुरोट० गर्ने लतका महिलाले राम्ररी ननिभाइएको बिँडी, चुरोटको ठुटा र सलाइको काँटीले वनमा आगलागीका घटना भने बढाएको वन हेरालुको गुनासो छ । यता पतिङ्गर सोहोर्न वनक्षेत्र पुगेका महिलाले भने वनक्षेत्रसँगै जोडिएका बस्तीका बासिन्दाले डढेलो लगाइदिँदा पतिङ्गर खोज्न भौँतारिनु परेको गुनासो गरेका छन् ।

आँपमा राम्रो मज्जर खेलेपछि खुशी

आँपका रुखका हाँगा मज्जर ९मञ्जरी, पूmल० ले झपक्क भएर झुकेपछि किसानको मुहारमा खुशी देखिएको छ । मज्जरको मिठो सुवास ९वास्ना० चारैतिर छरिएको छ । यसपाली आँप राम्रो फल्ने आसले महोत्तरीका किसान खुशी देखिएका छन् ।

जिल्लामा व्यावसायिकरुपमै आँप ९बगैँचा० खेती गर्ने किसान अहिले यसपाली ठूलो हावाहुरी नचली देओस् भन्ने कामनामा छन् । “हेर्नोस् न, मज्जरले ढपक्क छोपेर पात हाँगा केही देखिएका छैनन् , मज्जरको भारले हाँगा पनि नुहेका छन्”, जिल्लाको बर्दिबास नगरपालिका–५ चेरुका किसान होतराज घिमिरेले आफ्नो आँप बगैँचातिर देखाउँदै पुलकित मुद्रामा भन्नुभयो, “ठूलो हावाहुरी नआएर मधुवा ९मज्जरमा लाग्ने एक किसिमको किरा, रोग० नलागे त यसपाली आँप राम्रो फल्ने आश छ ।”

बगैँचा खेतीका किसान यसपाली हिउँदे वर्षा नभएर भने थोरै चिन्तित छन् । हिउँदे वर्षाले मज्जरको डाँठ बलियो बनाउने, आँपका रुखमा लागेका किरा पखाल्ने र जरामा पर्याप्त चिस्यान हुँदा पूmल नझर्ने र टिकोला ९चिचिला० बोटमा राम्ररी अडिने किसानको अनुभव छ । हिउँदे वर्षा नभएपछि रुखका जरामा सधैँजसो पानी हाल्नु परेको र बोटमा पानीकै फोहरा दिने गरिएको घिमिरेकै छिमेकी राजन पौडेल बताउनुहुन्छ । अहिले हिउँदे वर्षा नभएर पानीका मुहान सुक्दै गएका हुँदा सास्ती बढेको पौडेलको भनाइ छ । फलका रुखका लागि बाहिरी प्रयत्नबाट गरिएको सिँचाइ र फोहरा वर्षाको पानीजस्तो प्रभावकारी नहुने किसान बताउँछन् ।

जिल्लाका सबै भेगमा धेरथोर आँप बगैँचा लगाइएको भए पनि बर्दिबास, गौशाला, औरही र जलेश्वर नगरपालिका तथा पिपरा गाउँपालिका क्षेत्रमा व्यावसायिकरुपमै बगैँचा खेती गरिएको छ । खासमा बर्दिबास नगरपालिकाका खयरमारा, टुटेश्वर, ढुङ्ग्रे, गणन्ता, चेरु, सोनापेटी, वरडाँडा, माइस्थान, पाटु, भव्सी, बिजलपुरा र पशुपतिनगरका धेरैजसो किसानको खेती भनेकै बगैँचा हो । त्यसैगरी गौशाला नगरक्षेत्रका पडरिया, कालीपुर, भरतपुर, लक्ष्मीनियाँ, फुलकाहा, बेलगाछी, कुष्माढी, रजखोर र रामनगर बगैँचाखेतीका पकेट क्षेत्रका रुपमा मानिन्छन् । यस्तै भङ्गाहा नगरपालिकाका बस्तीमा पनि बगैँचा खेती बढ्दो छ ।

बगैँचा खेतीमा खासगरी आँप, लिची, सपाटो र रुखकटहर जिल्लाका मुख्य फल हुन् । यी सबै गृष्मकालीन फल हुन् । कटहरमा फूल झर्ने र मधुवा लाग्ने प्रकोप त्यति नदेखिए पनि आँप र लिचीमा यो समस्या मुख्य भएको किसान बताउँछन् । “कटहरको पूmलको डाँठ कडा र मोटो हुन्छ, सामान्य हावाहुरीले छुदैन, तर आँप र लिचीका डाँठ कोमल र साना हुने हुँदा सानोतिनो हावाहुरीले पनि बग्रेल्ती मज्जर र टिकोला झार्छ” बर्दिबास–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतोले भन्नुभयो । मधुवाको प्रकोप पनि आँप र लिचीमा बढी हुने महतोसहितका किसानको भनाइ छ । सपाटो चैँ व्यवसायका रुपमा नभई किसानले शोभा र आफ्नो घरका परिवारजनका लागिमात्र लगाउने गरेका पाइएको छ ।

पछिल्लो जारी दशकमा कृषि कार्यका मजदूर पाइन छाडेपछि जिल्लामा बगैँचा खेती गर्ने किसान ह्वात्तै बढेका छन् । मजदूर नपाइने, समयमा खादमल र बीउकोे अभाव हुने र आवश्यक मात्राको सिँचाइ सुविधा नभएपछि अन्नबाली गर्ने ठाउँमा बगैँचा थपिँदै गएर यो खेती बढेको हो । जिल्लामा विसं २०६० सम्म पुगनपुग दुई हजार हेक्टरमा रहेको बगैँचा खेती अब पाँच हजार हेक्टरभन्दा माथि पुगेको कृषि ज्ञान केन्द्र महोत्तरी, जलेश्वरले जनाएको छ ।

बगैँचा खेती बढ्दै गएसँगै किसानले यसबारेको प्राविधिक सल्लाह, रोगव्याधमा उपचार र भरपर्दो बिरुवा नपाएर भने ठगिनु परेको बताउँदै आएका छन् । तीनै तहका ९सङ्घीय, प्रादेशिक र स्थानीयतह० सरकारले किसानका मर्का बुझेर आवश्यक पहलकदमी लिइ दिन पर्ने फलपूmल किसानको माग छ ।

प्रतिक्रिया