Wednesday 15th of January 2025

धनुषाबाट भारतीय रुपैयाँसहित एक जना पक्राउ

0 Shares

जनकपुरधाम : धनुषाबाट चार लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

चार लाख भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले धनुषाको नगराइन नगरपालिका–८, अकौराबाट एक जनालाई पक्राउ गरेको छ ।

भारत घर बताउने ५० वर्षीय रामबाबु यादवलाई सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको टोलीले शनिबार पक्राउ गरेको हो ।

साइकलमा सवार यादवलाई शंका लागी चेकजाँच गर्दा चार लाख रुपैयाँ भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उनलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ ।

प्रतिक्रिया