Thursday 18th of July 2024

लोसपा अध्यक्ष ठाकुर द्वारा विभिन्न निर्माण सम्पन्न कामको उद्घाटन

0 Shares

महोत्तरी / लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं महोत्तरी क्षेत्र नं. ३ का सांसद  महन्थ ठाकुरले आज मटिहानी नगरपालिका वडा नं. १ सिरसियामा नव-निर्मित सामुदायीक भवनको समुद्घाटन गर्नुभयो ।

प्रदेश नं. २ को सामाजिक विकास मन्त्रालयको सहयोगमा करीब २० लाखको लागतमा सो भवन निर्माण भएको जनाईएको छ । यसैगरी अध्यक्ष ठाकुरले आजै मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा नव-निर्मित सहनी जातीको दलानको पनि उद्घाटन गर्नुभयो । दलान ठाकुरको संसदीय पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत करीब २० लाखको लागतमा निर्माण गरिएको छ ।

त्यस्तै लोसपा अध्यक्ष महन्थ ठाकुरले पासमान जातीको कुल देवता शैलेस मन्दिरको पनि सिमरदहीमा उद्घाटन गर्नुभयो । सो मन्दिर १० लाखको लागतमा संसदीय कोषबाट निर्माण भएको छ ।

 

 

प्रतिक्रिया