काठमाडौं : लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपले प्राइभेसी तथा सुरक्षाका लागि लगातार अपडेट जारी गरिरहेको हुन्छ ।
वास्तवमा एपमा सेक्योरिटीसँग सम्बन्धित जतिधेरै समस्याहरु देखिएका हुन्छन् त्यसमध्ये अधिकांश घटनाहरु अपडेट नगरिएको पुरानो भर्सनको एपमै देखिएको हुन्छ । त्यसैले यस्ता खालका समस्याहरु हटाउनका लागि ह्वाट्सएपले हरेक वर्ष केही पुराना संस्करणका फोनमा ह्वाट्सएपको सपोर्ट बन्द गर्ने गर्दछ जुन फोनहरुमा ह्वाट्सएप जारी गर्ने पछिल्लो भर्सन अपडेट हुँदैन ।
यो पटक पनि ह्वाट्सएपले त्यस्तै गर्दैछ । आगामी नोभेम्बर महिनादेखि विभिन्न मोडेलका फोन प्रयोगकर्ताहरुले ह्वाट्सएप प्रयोग गर्न पाउने छैनन् किनकी ती फोनहरु ह्वाट्सएपले सपोर्ट गर्ने छैन ।
ह्वाट्सएप सपोर्ट बन्द हुने फोनहरुमा एन्ड्रोइड, आइओएसदेखि काइओएस फोनहरु समेत हुनेछन् ।
ह्वाट्सएप सपोर्ट नगर्ने एन्ड्रोइड फोनहरु
यदि तपाईंसँग एन्ड्रोइडको ४.०.४ तथा त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएको फोन छ भने त्यसमा आगामी नोभेम्बर १ देखि ह्वाट्सएप चल्ने छैन । अहिले बजारमा एन्ड्रोइड १२ युक्त फोनहरु उपलब्ध भैसकेका छन् । नोभेम्बरदेखि ह्वाट्सएपले सपोर्ट नगर्ने फोनहरुमा सामसुङ ग्यालेक्सी SII, ग्यालेक्सी एस थ्री मिनी, एलजीको अप्टिमस फोन लगायतका हुनेछन् ।
आइओएस फोन
यदि तपाईंसँग आइओएस ९ तथा त्यसभन्दा पुरानो भर्सनको अपरेटिङ सिस्टमयुक्त आइफोन छ भने त्यसमा नोभेम्बरदेखि ह्वाट्सएप चल्नेछैन । उक्त सूचीमा आइफोन सिक्स एस, आइफोन सिक्स एस प्लस, एप्पल आइफोन एसइ वान लगायतका हुनेछन् । नोभेम्बरदेखि आईओएस १० माथिका आइफोन संस्करणमा मात्र ह्वाट्सएपले काम गर्नेछ ।
Kai अपरेटिङ सिस्टमवाला फोन
कतिपय नोकिया फोन तथा भारतीय बजारमा उत्पादन हुने जियो लगायतका फोनमा पनि काइ अपरेटिङ सिस्टम रहेको छ । नोभेम्बरदेखि KaiOS को २.५.० तथा त्यसभन्दा पुरानो अपरेटिङ सिस्टम भएका फोनमा ह्वाट्सएप चल्नेछैन ।
नोभेम्बरदेखि ह्वाट्सएप नचल्ने फोनहरुको सूची :
सामसुङ
- Samsung Galaxy Trend Lite
- Samsung Galaxy Trend II,
- Samsung Galaxy SII,
- Samsung Galaxy S3 mini,
- Samsung Galaxy Xcover 2,
- Galaxy Core
- Galaxy Ace
एप्पल
- iPhone SE (first generation),
- iPhone 6s
- iPhone 6s Plus
(आइओएस १० बाट अपडेट नगरिएको खण्डमा)
एलजी
- LG Lucid 2,
- Optimus F7,
- Optimus F5,
- Optimus L3 II Dual,
- Optimus F5,
- Optimus L5,
- Optimus L5 II,
- Optimus L5 Dual,
- Optimus L3 II,
- Optimus L7
- Optimus L7 II Dual,
- Optimus L7 II,
- Optimus F6,
- Enact ,
- Optimus L4 II Dual,
- Optimus F3,
- Optimus L4 II,
- Optimus L2 II,
- Optimus Nitro HD, 4X HD
- Optimus F3Q
सोनी
- Sony Xperia Miro,
- Sony Xperia Neo L,
- Xperia Arc S
हुवावे
- The Huawei Ascend Mate,
- Huawei Ascend G740,
- Ascend D Quad XL,
- Ascend D1 Quad XL,
- Ascend P1 S
- Ascend D2
जेडटिइ
- ZTE Grand S Flex,
- ZTE V956,
- Grand X Quad V987
- Grand Memo
अन्य फोनहरु
- Alcatel One Touch Evo 7,
- Archos 53 Platinum,
- HTC Desire 500,
- Caterpillar Cat B15,
- Wiko Cink Five,
- Wiko Darknight,
- Lenovo A820,
- UMi X2,
- Faea F1
- THL W8
एजेन्सीको सहयोगमा